Close This

१० करोडको लागतमा मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-३१ गते   ३८२ पटक हेरिएको

सर्लाहीको हरिवनमा मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग संचालनमा आएको छ । हरिवन नगरपालिका ९,नयाँरोडमा मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग संचालनमा आएको हो । 
रु १० करोडको लागतमा मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग तयार पारीएको उद्योग संचालक राघो प्रसाद सिहंले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेपनि भौतिक संरचनाकोनिर्माण कार्य निरन्तर भएको र हालै निर्माण सम्पन्न गरी सञ्चालनको तयारी थालिएको हो । मंगलम डेरी एण्ड फुड ईन्डस्ट्रीज नाम दिएर संचालन सुरु गरिएको उद्योगले अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तिरिय दुग्ध पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालकको भनाई छ । 
दैनिक १६ हजार लिटर सम्म दुधका परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रसाशनले उल्लेख गरेको छ ।उद्योगबाट छुर्पी, पोका दुध, दही, घ्यु, पनिर, नौनी, खुवा, आईसक्रिम, कुल्फि, मिठाई, चकलेट लगाएतका परिकार उत्पादन गर्ने योजना रहेको सञ्चालक सिंहले बताउनु भयो । उद्योगबाट उत्पादन भएका पदार्थ सर्लाही सहित रौतहट, बारा, पर्सा, महोतरी,सिन्धुली र धनुषा सम्मका बजारमा पु¥याईने उद्योगका सञ्चालक सिहंले बताउनु भयो ।
स्थानीय स्तरमा उत्पादन भएका दुध संकलन गरेर प्रयोग गरिने उद्योगले जनाएको छ । स्थानीय स्तरमा यती ठुलो उद्योग संचालनमा आएको भन्दै दुध उत्पादक किसानहरु खुसी भएका छन् । ३० जना कर्मचारी रहने उद्योगबाट यस क्षेत्रका १ सय ५० बढि नागरिकले रोजगारी पाउने छन् । उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको समेत प्राविधिक सहयोग रहेको उद्योगका संचालक सिहंले बताउनुभयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech