सर्लाहीको बागमती नगरपालिकाले ऐतिहासिक इन्द्रजात्रा मेलाको अवसरमा आउँदो बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ।नगरपालिकाले एक सूचना जारी गर्दै असोज १४ गते बुधबार पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।बागमती नगरपालिका–८ शंकरपुरस्थित सोल्टीबजारमा आयोजना गरिएको इन्द्रजात्रा मेलाका लागि उक्त स्थानीय बिदा दिइएको बागमती नगरपालिकाका कार्य वाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।
यसअघि नै आयोजना गरिएको उक्त मेला प्रतिकूल मौसमका कारण स्थगित भएको थियो । हाल पुनःसुरु भएको मेलाको समापनका दिन बुधबार नगरपालिका भित्रका सम्पूर्ण कार्यालयहरू बन्द रहने बागमती नगरपालिकाले जनाएको छ ।बागमती नगरपालिकाद्वारा जारी सूचना अनुसार बुधबार नगरपालिकाको कार्यालय,सम्पूर्ण वडा कार्यालयहरू,स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरू बन्द रहने छन्।सोल्टी बजारमा लाग्ने ऐतिहासिक इन्द्रजात्रा मेला बुधबार सकिँदै छ ।