माओवादी केन्द्र सर्लाहीद्धारा मन्त्रद्धियलाई स्वागत तथा अभिनन्दन

2.8k Shares

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सर्लाहीले प्रदेश न २ सरकारका नवनियुक्त २ जना मन्त्रीहरुलाई  स्वागत तथा अभिनन्दन गरेको छ । नेकपा(माओवादी केन्द्र) सर्लाहीको आयोजनामा एक कार्यक्रमको आयोजना गरि प्रदेश न २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह र राज्य मन्त्री रुवी कुमारी कर्णलाई  स्वागत गरिएको नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ । 
 कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले सञ्चार क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनु भएको छ । सञ्चार क्षेत्रको राजनीतिक र सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका रहने भएकाले पत्रकारलाई राज्यको तर्फबाट सेवा सुविधा तथा अधिकारका दिलाउनका लागि सदैव लागि पर्ने पनि मन्त्री साहले बताउनु भयो ।  मन्त्रीद्धयलाई लालबन्दी नगरपालिका ७ मा र मलंगवा नगरपालिका १० मा दुईवटा कार्यक्रमको आयोजना गरि स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
नेकपा) एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारी परिवर्तन भएपछि संघिय देखि प्रदेश सरकारमा पनि मन्त्रीहरुको फेर बदल भएको थियो । सोही क्रममा मन्त्रीद्धय नेकपा(माओवादी केन्द्र)को तर्फबाट मन्त्री भएका थिए ।

सम्बन्धित समाचार