कृष्ण अष्टमीको मूर्ति शान्तिपूर्ण रुपमा विर्सजन

377 Shares

सर्लाहीमा श्रीकृष्ण जन्माष्टमीको मूर्ति शान्तीपूर्वक विर्सजन गरिएको छ ।सोमबार मनाईएको श्रीकृष्ण जन्माष्टमीको मूर्ति भने आज(बुधबार) शान्तीपूर्वक सेलाइएको हो।अघिल्ला वर्षहरुमा मूर्ति विर्सजन गर्न लैजाने क्रममा झडप भएको घटनालाई मध्य नजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको भएपनि यस वर्ष शान्तीपूर्वक मुर्ति विर्सजन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज(बुधबार) मूर्ति विर्सजन गर्न लैजाँदा सँगसँगै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित गरिएको थियो।झडप हुन नदिन सोमबार देखि नै मलंगवा लगायतका क्षेत्रमा उच्च सावधानी अपनाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।श्रीकृष्ण जन्माष्टमीको मूर्ति आज(बुधबार)साँझसम्ममा नजिकैको पोखरी,खोला र नहरलगायतका जलाशयमा लगेर विर्सजन गरिएको हो । 
सर्लाही सदरमुकाम मलंगवासहित जिल्लाभर विवादरहीत रुपमा मूर्ति विर्सजन भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले मूर्ति विर्सजनका क्रममा सामाजिक सद्भाव कायम राख्न र कसैलाई बाधा ब्यवधान पुग्ने गतिवविधि नगर्न अनुरोध समेत गरेको थियो ।

सम्बन्धित समाचार