Close This

मैनाली दम्पतीद्धारा ८ हजार पैदलयात्रीको उद्धार

रासस    प्रकाशित: २०७७-१-९ गते   ६९० पटक हेरिएको

फोटो ः पैदलयात्रहिरुलाई खाना खुवाउदै गरेको अवस्थामा हरिवन ९ को सर्लाही जीवन केयर हेल्थ प्रा.लीको प्राङ्गणमा खेजराज तिमल्सेना(सम्धी)

कोरोना भाईरसले विश्वमा माहामारीको रुपलिन थालेपछि सुरु गरिएको लक डाउनका कारण देशका विभिन्न स्थानमा मजदुरीको काम गरेर बस्नेहरु आफ्नो गन्तव्य तर्फ भोकभोकै हिडिरहेको देख्दा आफुहरुलाई निकै नमजा लागेका कारण बोलाएर खाना खुवाउने  तथा सवारी साधनको व्यावस्था गरि उनिहरुलाई निःशुल्क पठाउने काममा  सर्लाहीको हरिवन नगरपालिका ९ स्थिती पुर्व पश्चीम लोकमार्गको छेउमा बस्ने अमृता मैनाली(उप्रेती) र अर्जुन  मैनाली आज भोली निकै व्यास्त रहेको देखिन्छ ।


लक डाउनको महिना दिनपुग्नै लाग्दा उनिहरुको यो अभियान २८ औँ दिनमा चली रहेको छ । करिब डेढ महिनाको बच्चा बोकेर गन्तव्यमा हिड्ने देखि बृद्धबृद्धा,बालबालीका,गर्भवती लगायत गरि करिब ८ हजार जना भन्दा धेरै जनालाई आफुहरुले खाना खावुउने र उनिहरुको गन्तव्य सम्म सवारी साधनको व्यावस्था गरि निःशुल्क पुर्याउने गरेको अमृताले बताउनु भयो ।
लक डाउन भएपछि उद्योग धन्दा, व्यापार व्यासाय,पसलहरु,सवारीसाधनहरु बन्द हुँदा आफ्नो घर हिडेका मानिसहरुलाई हिडेरै भएपनि घरफर्किन बाध्य भएका छन । केहीसंग साथमा केही पैसा भएपनि केहसिंग साथमा पैसा पनि छैन । सवारी साधन पनि चलेका छैन्न । भने हिड्दा बाटामा खाना पानी पान समेत समस्या भई रहेको समयमा मैनाली दम्पतीले सामाजिक कार्य गरि रहेका छन ।


सवारी साधन नचलेपछि पैदल हिडेर गन्तव्य पुग्ने मानिसहरु बृद्धबृद्धा,बालबालीका र गर्भवती देखेर उनिहरुमा पनि दया पलायो र उनिहरुले  त्यस्ता मानिसहरुलाई खाना खुवाउने र सवारी साधनको व्यावस्था गरेर गन्तव्य सम्म पुर्याउने काम सुरु गरे । हरिवन नगरपालिका ९ मा सर्लाही जिवन हेल्थ केयर प्रा.लीका संचालक उनिहरु अहिले अस्पतालको प्राङ्गणमा नै खाना बनाएर खुवाउने र गन्तव्यमा पुर्याउने कार्यमा व्यास्त रहेका छन । उनिहरुले मंगलबार मात्रै १ सय ८२ जनालाई खाना खुवाएर सवारी साधनको व्यावस्था गरि आफ्नो गन्तव्यमा पुर्याएका छन । सुरु सुरुका दिनहरुमा पुर्व झापाबाट काठमाण्डौँ जाने यात्रुहरुलाई गन्तव्यमा पुर्याउने गरेको भएपनि पछिल्लो क्रममा नुवाकोट,काठमाण्डौँ,बुटवल,नेपालगञ्ज,दाङबाट विराटनगर,भोजपुर,उदयपुर,सप्तरी र सिन्धुली हिडेका पैदलयात्रीहरु आउने गरेका अमृताले बताउनु भयो। उहाँका अनुसार लामो पैदल यात्राको क्रममा २ जना गर्भवतीको गर्भ पतन समेत भएको छ । 


सोमबार नुवाकोटबाट सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायणखोला डिहेकी डेढ महिने सुत्केरीको स्थानिय चौताराबाट उद्धार गरी खाना खुवाएर घरसम्म पठाएको अर्जुनले बताउनु भयो । नुवाकोटको इटा भट्टामा काम गर्ने उनिहरु ईटा भट्टा बन्द भएपछि आफ्नो गन्तव्य तर्फ लागेका हुन । तीन दिनको बाटो पैदल हिडेर आफन्तको घरमा जाँदा पस्न नदिएका कारण रातभरी चौतारामा बसेकी नारायण खोलाकी सिता तामाङ्ग सहित ७ जनालाई नारायण खोला पठाउने काम गरेको उनिहरुले बताएका छन । आफुहरु भोकै हिडेको समयमा खाना खुवाउने र आफ्नो गन्तव्य सम्म पुर्याउन सहयोग गरि दिएको प्रति उनिहरुले मैनाली दम्पतीलाई धन्यवाद समेत दिएका छन भने मानविय भावना भएका  मानिसहरु रहेछन भन्ने लागेको सिताले बताउनु भयो ।आफुहरसंग पैसा थिएन,सवारी साधन चलेका थिएन्न । 
मैनाली दम्पतीले ना ८ ख १८६४ नम्बरको माइक्रोबसमा त्यस्ता अलपत्र परेका पैदलयात्रीहरुलाई गन्तव्य सम्म पुर्याउने गरेका छन । आफुहरुले अहिले सम्म करिब ८ हजार जना पैदलयात्रीहरुको उद्धार गरेको भएपनि स्थानिय सरकार हरिवन नगरपालिकाले कुनै वास्ता नगरेको अमृताले बताउनु भयोे । तर हरिवन नगरपालिका ९ का वडा अध्यक्ष सिताराम पोख्रेलले भने आफुहरुले सकेको सहयोग गर्न तयार रहेको बताउनु भयो । आफुले गएर मैनाली दम्पतीलाई के सहयोग गरौँ भन्दा अहिले आफुहरुले नै गरि रहेको  भनेपछि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाएको वडा अध्यक्ष पोख्रेलले बताउनु भयो। उहाँका अनुसार नगरपालिकाको टयाक्टर र अरु भाडाका ट्रकको व्यावस्था गरेर भएपनि पैदलयात्रीहरुलाई गन्तव्य सम्म पुर्याउने बताउनु भयो ।भने स्थानिय बासीसंगीता उप्रेतीले २५ हजार सहयोग गर्नु भएको अमृताले जानकारी दिनु भयो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech