सर्लाहीको विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग स्थित जिल्लाको बागमती नगरपालिका ११ स्थित पुतलीचोकमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना र ईश्वरपुर नगरपालिका ४ खाल्टे बजारमा मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बागमतीबाट हरिवन तर्फ आउँदै गरेको ज ८ प ३३२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना ४ च ५९४५ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक बागमती नगरपालिका १२ बथनियाका अन्दाजी १८ वर्षका कृष्ण कुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका अन्दाजी १६ वर्षका गौतम चौधरी घाइते भएका छन्।दुर्घटनामा संलग्न पिकअप भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यस्तै ईश्वरपुर नगरपालिका ४ खाल्टे बजारमा मधेश प्रदेश ०३–०३२ प ६०४० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका अन्दाजी १४ वर्षका शिवम कुमार महतोलाई ठक्कर दिएको थियो।घाइते युवकको लालबन्दी नगरपालिका ६ स्थित लालबन्दी मोडल अस्पताल प्रा.लि.मा उपचार भइरहेको छ भने,दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ ।