अज्ञात व्यक्तिको गाेलि प्रहारबाट ईञ्जिनियर यादवकाे मृत्यु

168 Shares

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत इञ्जिनियरकाे अज्ञात व्यक्तिको गाेलि प्रहारबाट मृत्यु भएको छ ।

मलंगवा नगरपालिका १० मा सिरहाकाे सुखीपुर नगरपालिकाका ६ का अन्दाजी ३६ वर्षिय प्रमोद कुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । कार्यालयका अनुसार आईतबार साँझ अन्दाजी ८ बजे अज्ञात व्यक्तिले ईञ्जिनियर यादवकाे छातिमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

मलंगवा नगरपालिका १० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका ईञ्जिनियर यादवमाथि गाेलि प्रहार भएको विषयमा सुक्ष्म अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार