अपराध नियन्त्रणमा अब्बल ई.प्र.का. भिमानका प्रहरी प्रमुख के.सी.जेठ महिनाको “उत्कृष्ट प्रहरी”घोषित

159 Shares

सिन्धुलीको भिमान स्थित रहेको ईलाका प्रहरी कार्यालय भिमानका प्रमुख एवम प्रहरी निरीक्षक राजु के.सी. जेठ महिनाको “उत्कृष्ट प्रहरी” घोषित भएका छन्।लागुऔषध नियन्त्रणदेखि फरार अभियुक्त पक्राउ,स्मार्ट कन्ट्रोल रुम स्थापनामा सहजीकरण तथा समुदायसँगको प्रभावकारी सहकार्य मार्फत उल्लेखनीय कार्यसम्पादन गरेका इलाका प्रहरी कार्यालय भिमानका प्रमुख एवम प्रहरी निरीक्षक के.सी.लाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जेठ महिनाको“उत्कृष्ट प्रहरी” घोषित गरेको हो ।
“महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि,२०७९”बमोजिम प्रहरी निरीक्षक के.सी.लाई २०८३ जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले प्रहरी निरीक्षक के.सी.लाई सम्मान तथा प्रशंसा–पत्र प्रदान गरेका हुन ।

729729003_1410943127746000_3677829975285425241_n.jpg
प्रहरी निरीक्षक के.सी.ले इलाका प्रहरी कार्यालय भिमानको नेतृत्व सम्हाल्दै सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्थानीय तहहरूसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा स्मार्ट कन्ट्रोल रुम स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थियो ।त्यसैगरी भिमान चेकपोष्टमा सञ्चालन गरिएको विशेष अपरेसन अभियानका क्रममा एक सय ७० दशमलव छ ग्राम खैरो हेरोइनसहित १८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक के.सी.सफल भएका थिए ।
उनले आफ्नो आठ महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका अभियुक्त,कारागारबाट फरार भएका व्यक्ति तथा इन्टरपोलको रेड कर्नर नोटिस जारी भएका व्यक्तिहरूलाई समेत खोजी तथा पक्राउ गर्न प्रभावकारी भूमिका निर्वाह गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

731111759_1410944551079191_8133869503662658406_n.jpg
बर्दिवास धुलीखेल वि.पी.राजमार्गमा यात्रुवाहक तथा मालवाहक सवारीसाधनको निर्वाध आवागमनमा अवरोध पु¥याउने गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न समेत उनले सक्रिय भूमिका खेल्दै आएका छन् साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाइ,सचेतनामूलक अभियान तथा अपराध रोकथाम सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी नागरिक र प्रहरी बीचको सम्बन्ध सुदृढ बनाउन योगदान पु¥याएका कारण सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंहले बताए ।प्रहरी उपरिक्षक सिंहका अनुसार यस सम्मानले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट कार्यसम्पादनका लागि प्रेरणा मिल्ने विश्वास गरिएको छ। 

सम्बन्धित समाचार