कोरोना संक्रमणको आशंकामा ४ जना निगरानीमा

2.1k Shares

लालबन्दी नगरपालिका १७ का ४ जनालाई कोरोना भईरस(कोभिड–१९) संक्रमित भएको आशंकामा लालबन्दी नगरपालिकाले निगरानी बढाएको छ । चैत्र ४ गते फ्रान्सबाट नेपाल आएकी एक किशोरीमा कोरोना संक्रमण फेला परेपछि  उनिसंग आउने साथीहरुको खोजी गरिएको थियो । सोही क्रममा उनिहरु पनि सोही विमानमा संगै आएको बुझिएको र उनिहरु सेल्फ क्वारेन्टाईनमा मंगलबार ८ औँ दिन रहेका लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र कुमार खतिवडाले जानकारी दिनु भयो । 
उहाँका अनुसार उनिहरुलाई बुधबार नगरपालिकाले माक्स,साबुन र स्यानिटराईज लगायतका सामाग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको छ ।  सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोख्रेल,लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का सहितको टोलीले  उनिहरुको घरमा नै पुगेर वस्तुगत स्थितीको बारेमा जानकारी लिएको नगरपालिकाले जनाएको छ ।
उनिहरुलाई आवश्यक परेको खण्डमा परामर्स तथा क्वारेन्टाईनको व्यावस्थापन लगायतका विषयमा नगरपालिका तयार रहेको नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । नगरपालिकाले वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भौतीक संरचनामा २५ सैयाको क्वारेन्टाईन कक्षको व्यावस्था गर्ने काम सुरु गरि सकेको लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा क्वारेन्टाईन कक्ष सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाईन कक्षको आवश्यकता अनुसार थप गर्न सकिने प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार