देशका प्रमुख राजनीतिक दलहरूले“समाजवाद”को नारालाई खोक्रो बनाएको र व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आरोप लगाए ।उनले नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छाएको र देश दलाल,तस्कर र मानव बेचबिखन गर्नेहरूको चङ्गुुलमा फसेको समेत बताए।शनिबार वीरेन्द्रनगरमा आयोजित“समाजवादका लागि नयाँ पुस्ता”विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अहिलेको व्यवस्थाले युवाहरूको भविष्य सुरक्षित गर्न नसक्ने ठोकुवा गरे ।
“अहिले नेपालमा समाजवाद भन्ने शब्दको यति दुरुपयोग भएको छ कि भ्रष्टाचारी,तस्कर,मान्छे बेचेर खानेहरू सबैले समाजवादकै कुरा गरिरहेका छन्,।समाजवाद भन्ने नेताहरू नै प्रधानमन्त्री र मन्त्री छन्,तर देश दलाल पुँजीवादको चङ्गुलमा छ ।”उनले थपे।युवाहरूको विदेश पलायनको भयावह चित्र प्रस्तुत गर्दै यो अवस्था वर्तमान राजनीतिको असफलताको उपज भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बताए ।“नेपालका युवाहरू विदेश जाँदा एयरपोर्टमा नाङ्गौ बनाएर बेइज्जत गरिन्छ,हाम्रा दिदी बहिनीहरू माथि चरम शोषण हुन्छ,अरबका अस्पतालहरूमा हजारौँ नेपाली युवाका लास अलपत्र छन्।यो दलाल पुँजीवादी व्यवस्थाले युवालाई देशबाट लखेटेर आफ्नो सत्ता टिकाउने काम गरिरहेको छ।पुरानै व्यवास्थालाई रंङ्ग रोगन गरेर पात्र फेर्दैमा युवाको भविष्य बन्दैन ।” नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले देशका सबै प्रमुख दलहरू भ्रष्टाचारको दलदलमा फसेको समेत दाबी गरे।उनले कुनै पनि पार्टी दूधले नुहाएको नभएको भन्दै एक अर्काको पोल खोल्ने होडबाजी चलेको बताए।नेकपा(एमाले)का नेताहरूले एक अर्कालाई भ्रष्टाचारीको सूची सार्वजनिक गर्छन्,नेकपा(माओवादी केन्द्र)भित्र कोही अरबपति भइसके,कोही सडकमा छन् भन्ने बहस छ ।यो सबै देख्दा जनता वाक्क दिक्क भएका छन्।त्यसैले पुराना पार्टी र पुराना नेता काम छैनन् भन्ने आवाज बजारमा आएको छ ।” नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बताए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ५० लाख रुपैयाँ भ्रष्टाचार हुने गरेको र त्यसमा राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको सचिव स्तरका कर्मचारीले नै बताउने गरेको खुलासा गरे । राजतन्त्रको पुनस्र्थापना वा अहिलेकै व्यवस्थाभित्र अनुहार परिवर्तनले मात्रै देशको समस्या समाधान नहुने नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले स्पष्ट पारे।उनले अबको विकल्प भनेको उत्पादनसँग जोडिएको,नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको बताए ।
उनले आफ्नो पार्टीले अब कृषिमा मात्रै सीमित नभएर उद्योग स्थापनातर्फ पनि अघि बढ्ने योजना बनाएको उनले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले युवाहरूलाई विदेशमा अर्काको नोकर बन्न जानुको सट्टा आफ्नै देशमा पसिना बगाएर मालिक बन्न आग्रह गरे ।“अब नेपालमा एउटा केन्द्रीकृत र सही विचार बोकेको कम्युनिस्ट पार्टीको आवश्यकता छ । सबै कम्युनिस्ट र माओवादी शक्तिहरूबिच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण गर्नुपर्छ ।” नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बताए ।
उनले आगामी २०८४ को चुनावमा आफ्नो पार्टीले पैसाको बलमा नभई विचार र व्यवहारको बलमा प्रतिस्पर्धा गर्ने समेत बताए।उनले समाजवाद भनेको भाषण र उपदेश नभई जीवन व्यवहारमा उतार्ने विषय भएको भन्दै आफ्नो पार्टीले त्यो गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टीले अहिले देशभरका करिब आधा दर्जन स्थानहरुमा उत्पादन केन्द्र तयार गरी कृषि उपज उत्पादनमा केन्द्रीत रहेको छ ।