Close This

खानेपानीको निर्वाचनका बारेमा के भन्छन् उम्मेदवारहरु ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२७ गते   ५०५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.को ४ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न शनिबार मतदान हुने भएको छ । खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.लालबन्दीको ४ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न शनिबार हुने निर्वाचनमा विभिन्न राजनैतिक दलका नेताहरुले उम्मेदवारी दिएका छन् ।
खानेपानीको अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा(एकिकृत समाजवादी)बाट इन्द्र योन्जन, नेकपा(माओवादी केन्द्र),जसपा र लोसपाबाट हेमबहादुर श्रेष्ठ (श्याम) र नेकपा(एमाले) र राप्रपाबाट देवनाथ पोखरेलको उम्मेदवारी दिएका हुन ।
अध्यक्षका तीनै जना उम्मेदवारले चुनावी प्रचार सामान्य रुपमै गरेको बताएपनि कुनै राजनैतिक दलहरुको निर्वाचन भन्दा कमजोर छैन । लाखौँ रकम खर्चिएर गरिएको निर्वाचनबाट आउने नेतृत्व माथी अहिले नै उपभोक्ताहरुले शंका गर्न थालि सकेका छन् ।
यता,नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार रहेका योन्जन खानेपानीको निर्वाचनमा यत्रो विकृति भित्रिनु ठीक नभएको बताउँछन् । 
जसपा र लोसपाको साथ पाएर माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका हेमबहादुर श्रेष्ठ (श्याम) खानेपानीको चुनावलाई हाउगुजी बनाइएको तर्क गर्छन् । उनले लालबन्दीमा पुल,नाला,भवनजस्ता आयोजना पार्ने काम गरिसकेको र अब एक पटक खानेपानीको नेतृत्वमा पुगेर थप सामाजिक सेवा गर्ने अवसर खोजेका बताएका छन् । 
नेकपा(एमाले) र राप्रपाको तर्फबाट अध्यक्ष पलका उम्मेदवार बनेका देवनाथ पोखरेल अधिकृतबाट राजिनामा दिएर चुनावमा होमिएका छन् । पोखरेलले सूरुदेखि नै आफूलाई स्वतन्त्र भनी उभ्याए पनि एमाले र राप्रपाको उम्मेदवार बनेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech