रौतहट प्रहरीद्धारा २५ लाख भन्दा बढीको भन्सार छलीको सामान सहित ६ जना पक्राउ

628 Shares

रौतहट प्रहरीले २५ लाख भन्दा बढीको भन्सार छली ल्याएको विभिन्न किसिमका समानहरु सहित ६ जनालाई नियन्त्रणमा लिएकोे छ ।रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानबाट माछा,आलु,प्याज,सुजि पिठो,चिनी,कस्तुरी रक्सी लगायतका विभिन्न किसिमका सामानहरु गरी रु २५ लाख २ हजार ५० बराबरको सामान सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार छिमेकी देश भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट माछा,आलु,प्याज,सुजि पिठो,चिनी,कस्तुरी रक्सी लगायतका विभिन्न किसिमका सामानहरु सहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
भन्सार छली ल्याइएको माछा,आलु,प्याज,सुजि पिठो,चिनी,कस्तुरी रक्सी लगायतका विभिन्न किसिमका सामानहरु सहित ६ जना र ७ वटा मोटरसाईकल ७ का साथै एउटा पिकअप बोलेरो गरी करिब रु २५ लाख २ हजार ५० बराबरको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उरिक्षक उमाशंक यादवले जानकारी दिए ।
उनका अनुसार जिल्लाका विभिन्न स्थानबाट बरामद् भएका मानिसहरु,सवारी साधनहरु र नियन्त्रणमा लिएका विभिन्न किसिमका सामानहरु आवश्यक कार्बाहीको लागि रौतहट भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

सम्बन्धित समाचार