Close This

जनप्रतिनिधिहरुको मिलेमतोमा असारमा पनि नदी दोहन रोकिएन

रासस    प्रकाशित: २०७७-३-१८ गते   ९४४ पटक हेरिएको

कालीन्जोर खोलामा भएको नदी दोहनको एक झलक

जिल्लाका नदि उत्खननका कारण नदि नजिकका बस्तीनै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिफरका कारण गाउका बाटो भत्कन थालेको स्थानीयले बताएका छन् ।
जिल्लानको लालबन्दी,ईश्वरपुर र बागमती  नगरपालिकाका बिभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ बन्दै गरेका राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनियपनि ती नदीजन्य पदार्थ गाउ गाउमा खुलेका क्रसरमा तथा सोझैँ भारत जाने गरेको स्थानीयले बताएका छन् ।लालबन्दी नगरपालिका ६,१५,१६ र १७ को सिमाना पर्ने कालिन्जोर खोलाबाट निकालीएको नदी जन्य पदार्थ स्थानिय स्तरमा भई रहेका विकास निर्माण देखि राष्ट्रिय गौरबका आयोजनामा लाने भनीएको भएपनि नजिकै रहेका क्रसर उद्योगहरु तथा स्टोरहरुमा संकलन हुने तथा बाहिर निर्यात हुने गरेको पाईएको हो ।

“नदीजन्य पदार्थ उत्खन्न गरी ओसार पसार गर्ने ट्रिफर तथा ट्याक्टरका कारण पुर्व पश्चीम लोक मार्गका साथै शाखा सडक खण्डहरु भत्केर स्थानीयलाई आवत जावत गर्न समेत समस्या भएको”स्थानीय युवा रमेश अधिकारीले बताए ।
“नदीजन्य पदार्थ बोक्ने ट्रिफर तथा ट्याक्टरका कारण लालबन्दी,ईश्वरपुर र बागमती नगरपालिकाका बिभिन्न सडक भत्केर हिड्नै नसक्ने अवस्थामा पुगेका” स्थानिय अर्का युवा सुनिल कुमार साहले बताए ।  खोला अनुगमन नहुदा तथा जिल्ला समन्वय समिति र स्थानीय तहको मिलेमतोमा जिल्लाका खोला दोहनले तिब्रता पाएको छ ।
“खोलाको बहाव जथाभावी हुनेगरी असाध्यै लापरवाही ढंगले उत्खनन हुदा समेत सम्बन्धीत निकायले त्यसतर्फ ध्यान नदिएको”लालबन्दीका स्थानिय युवा लक्ष्मण खड्काले  बताए । लालबन्दी नगरपालिकाको कालीन्जोर,फुजोर लखन्देही खोलामा वातावरणीय प्रभाव मूल्यांकन विपरीत जथाभावी खोला ‘दोहन तथा उत्खन्न’ हुदा समेत सम्बन्धीत निकायले वास्ता नगरेको यस क्षेत्रका स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले कुनै वास्ता नगर्ने गरेको स्थानियबासीको भनाई छ ।

“जिल्लाका साना तथा ठुला नदीहरुमा असार श्रावण र भदौ मसान्त सम्म नदी जन्य पदार्थ निकासी पैठारी नगर्न नगराउन आफुहरुले पत्रचार गरेको” जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताउनु भयो ।  केही स्थानिय निकायका जनप्रतिनिधिहरुको मिलेमतोमा असार श्रावण र भदौ मसान्त सम्म नदी जन्य पदार्थ निकासी पैठारी भए गरेको पाईएमा आवश्यक कार्बाही गर्ने समापति चौधरीले बताउनु भएको छ । हरिवन नगरपालिका क्षेत्रभित्र नदी जन्य पदार्थ दोहन भएको पाइएकाले नगर प्रमुख प्रसाईसंग सो विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य पदार्थ उत्खन्नको जिम्मा पाएका स्थानीय तहले नै राजस्व संकलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा ठेकदारको मनोबल बढ्दै गएको हो ।ठेकदारहरुले हालसम्म कति उत्खनन, भण्डारण र बेचबिखन गरे भन्ने विवरण लालबन्दी,ईश्वरपुर र बागमती  नगरपालिकासँग पनि छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech