सर्लाहीका ४० वटा वडाकाे मतगणना सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१ गते   १९०६ पटक हेरिएको

बैशाख ३१ गते देखि सुरु भएको मतगणना अनुसार जेष्ठ १ गते साँझसम्म सर्लाहीका ४० वटा  वडाको मत परिणाम आइसकेको छ।
  ४० वटा वडाको मत परिणाम अनुसार नेपाली काँग्रेसबाट १५ ,माओवादी केन्द्रबाट १०,नेकपा एमालेबाट ५,नेकपा( एकीकृत समाजवादी)बाट ४,जसपाबाट ३ र लोसपाबाट २ जना वडा अध्यक्षका उमेदवारहरु विजयी भएका छन् ।
   केही ठाउँको मतगणना स्थलमा मतपत्रको विषयलाई लिएर छिनछिनमा  सामान्य विवादहरु उत्पन्न भइरहेकोले गणकहरुलाई मतपत्र गन्न समस्या भइरहेकोले मतगणनामा ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
  मतगणना स्थलमा विवाद तथा अवरोध नभए जेष्ठ ६ गतेसम्म जिल्लाभरीको मतगणना कार्य सम्पन्न गरिसक्ने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भेजेलले जानकारी दिनुभयाे । उहाँका अनुसार ४० वटा वडाको मत परिणाम अनुसार नेपाली काँग्रेसबाट १५ ,माओवादी केन्द्रबाट १०,नेकपा एमालेबाट ५, एकीकृत
समाजवादीबाट ४,जसपाबाट ३ र लोसपाबाट २ जना वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने अन्य स्थानिय निकायकाे मतगणना जारी रहेकाे छ। त्यसैगरी लालबन्दी नगरपालिका १ मा एक स्वतन्त्र उम्मेद्वार हरिहर भट्टराईले जित निकालेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech