Close This

लालबन्दीमा पशु बिमा गोष्ठि सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२४ गते   ४९१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका पशु सेवा शाखाको आयोजनामा पशु बिमा सम्बन्धी गोष्ठि सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा पशु चौपायको बिमा,सुरक्षा,बिमाबाट हुने फाईदाहरु लगायतका विषयमा कार्यक्रममा छलफल भएको पशु विकास अधिकृत बालकृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार पशु चौपायहरुको बिमा कसरी गर्न सकिन्छन,सुरक्षा कसरी गर्न सकिन्छ,कृषकहरुलाई नेपाल सरकारले के कती रकसरी सहयोग गरि रहेको छ । सेवा सुविधाहरु के के छन लगायतका विषयमा कार्यक्रममा कृषकहरुसंग छलफल गरिएको पशुसेवा शाखाले जनाएको छ । 
कार्यक्रममा लालबन्दी नगरपालिका अन्र्तगत रहेका करिब ४ हजार भन्दा बढी ठुला पशु चौपायहरुको बिमा गरि सकेको र बिमा गर्ने क्रम निरन्तर जारी रहेको श्रेष्ठले बताउनु भयो । लालबन्दी नगरपालिका भित्र करिब ३० वटा पशुचौपाय फर्म रहेका र करिब २५ वटा फर्महरु दर्ता भएर पनि सञ्चालनमा नरहेका श्रेष्ठले बताउनु भयो । फर्म दर्ता गरेर सञ्चालनमा रहेका फर्महरुलाई वर्गिकरण गरी उपचारसेवा,अनुदान र आवश्यक अन्य सहयोग गर्ने काम हुने श्रेष्ठले बताउनुभयो। श्रेष्ठले बाख्राहरु तथा गाई भैसीहरु गरी  करिब ३० हजार पशु चौपायलाई पिपिआर र भ्यागुते तथा चर्चरे रोगको उपचार गरिएको छ भने पिपिआर,न्युमोनिया र कुमरी जस्ता रोगहरु बढीमात्रामा देखिने गरेको छ । पशु सेवा शाखाले फर्म दर्ता गरेर सञ्चालनमा रहेका फर्महरुमा निःशुल्क उपचार,प्राविधिक, सहयोग र अनुदानको व्यावस्था पनि क्रमागत रुपमा गरि रहेको नगरपालिका पशुसेवा शाखाले जनाएको छ ।  लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख शान्ती कुमार लामा लगातय कृषकहरुको उल्लेख्य सहभागीता रहेको आयोजकले बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech