सार्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । स्वर्णिका श्रेष्ठ स्मृती प्रतिष्ठानका संरक्षक श्याम श्रेष्ठको विशेष पहलमा राइट टु स्टडी नेपाल नामक संस्थाले प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
प्राप्त स्वास्थ्य सामग्रीहरुमा मास्क ११ हजार पिस, पिपिई ३० थान, थर्मल गन १० वटा, अक्सोमिटर १० वटा ,लाईफबोई साबुन १ काटुन, लिक्विड ह्यान्ड वास २४ थान ,सेनिटाइजर २० लिटर, सोडियम हाइड्रोक्लोराइड २० लिटर,एन्टिजेन किट ५० पिस,फेससिल्ड १ सय पिस , के.एन ९५ मास्क २ सय पिस रहेका प्राथमिक स्वासथ्य केन्द्रका व्यावस्थापक राज कुमार सिंहले जानकारी दिनु भयो ।
स्वास्थ्य सामाग्रीहरु लालबन्दी नगरपालिका ९ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका व्यवस्थापन समितिका अध्यक्ष गोपाल घिमिरे मार्फत हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा लालबन्दी रेडक्रस सोसाइटीका उप सचिव कृष्ण भण्डारी , लालबन्दी नगर स्वास्थ्य शाखाका अधिकृत सुदिप काफ्ले,डा. चन्दन चौधरी,कोभिड अस्पताल व्यवस्थापक ध्रुव केसी , प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मिहरु लगायत प्राथमिक स्वास्थ्य केन्द्रको प्रशासनिक व्यवस्थापन शाखा लगायतको उपस्थिती रहेको थियो ।