सुनचाँदीमा लगाएको २ प्रतिशत विलासीता कर हटाउन व्यवसायीहरुको माग

515 Shares

नेपालका सुनचाँदी व्यावसायीहरुले राज्यले सुनचाँदीका क्षेत्रमा लगाएको विलासीता कर हटाउनु पर्ने माग गरेका छन्।नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको वार्षिक साधारण  सभामा सहभागी भएका सुनचाँदी व्यवसायीहरुले सुनचाँदीको व्यावसायमा राज्यले लगाएको दुई प्रतिशत विलासीता कर हटाउन माग गरेका हुन ।

WhatsApp Image 2026-04-04 at 8.14.01 PM.jpegसुनचाँदी व्यवसायीहरुलाई वर्तमान परिस्थितिमा कसरी व्यवस्थापन गर्ने र उपभोक्ताहरुको मागलाई सम्बोधन गर्दै आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता थपि रहेको अवस्थामा राज्यले व्यवसायी तथा उपभोक्ताहरुलाई विलासीताको नाममा दुई प्रतिशत कर लगाउनुले राज्यले स्वदेश मै व्यवसाय गर्ने वातावरण नबनाएको उनीहरुको आरोप छ ।

WhatsApp Image 2026-04-04 at 8.15.34 PM.jpegनेपाल सुनचाँदी व्यवासयी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाईलीको प्रमुख आतिथ्यतामा विराटनगरमा भएको नेपाल सुनचाँदी व्यवासयी महासंघ कोशी प्रदेशको पाँचौँ र छैँठौ वार्षिक साधारण सभामा सहभागी भएका सुनचाँदी व्यवसायीहरुले राज्यले सुनचाँदी व्यवसायीहरुलाई विभेद गरेको आरोप लगाएका छन् ।

WhatsApp Image 2026-04-04 at 8.16.16 PM.jpeg
नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष रमेश रासाईली,उद्योग बाणिज्य संघ मोरङका अध्यक्ष राजेन्द्र राउत, नेपाल सुनचाँदी व्यवसायी महासंघ विराटनगर मोरङका अध्यक्ष शशि भुषण साह,नेपाल सुनचाँदी व्यवसायी महासंघका एसोसिएट सदस्यहरु युगल किशोर राठी र प्रकाश मुन्दडा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रमका उद्घोषक तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका कोशी प्रदेश सचिव कुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार कार्यक्रममा कोशी प्रदेशका सबै सुनचाँदी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार