भारतबाट अवैध तरिकाबाट खसि,बाख्रा नेपाल प्रवेश,सरक्षाकर्मीहरु मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-१५ गते   ४४५ पटक हेरिएको

सर्लाहीको संग्रामपुर,नारायणपुर,पर्सा र सखुअवा क्षेत्रबाट भन्सार छली पशु चौपाएको ओसार पसार हुने गरेको पाइएको छ ।नेपाल भारत सिमा क्षेत्र स्थित संग्रामपुर,नारायणपुर,पर्सा र सखुअवा क्षेत्रबाट भन्सार छली भारतबाट खसी,बाख्रको र नेपालबाट गोरु,गाईको ओसार पसार हुने गरेको पाइएको हो ।असोज १४ गते जिल्लाको पुर्व सिमानाका सितलपुरबाट भवैध तरिकाले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल वोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरले १० वटा खसी सहित एउटा अटो नियन्त्रणमा लिएर अनुसनधान गर्ने क्रममा संग्रामपुर,नारायणपुर,पर्सा र सखुअवा क्षेत्रबाट भन्सार छली पशु चौपाएको ओसार पसार हुने गरेको पाइएको हो ।
उक्त ज १ स ७२९१ नम्बरको अटोमा खसी राखेर नेपाल तर्फ ल्याउँदै गर्दा बोर्डर भन्दा अलि भित्र संग्रामपुर बाँके सडक खण्डमा स्थानीयले नियन्त्रणमा लिई सशस्त्र प्रहरी सिमा सुरक्षा बल वोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरलाई बुझाएपछि अवैध तरिकाबाट पशु चौपायहरुको ओसार पसार हुने गरेको रहस्य बाहिरिएको हो ।यसरी पशु चौपाय ओसार पसार गर्ने व्यापारीहरुले अवैध तरिकाबाट कुनै भेटेरिनरी चिकित्सकसंग भेटेरिनरी प्रमाण पत्र बनाउने र संग्रामपुर,नारायणपुर,पर्सा र सखुअवा क्षेत्रबाट भन्सार छली पशु चौपाएको ओसार पसार गरी जिल्लाको पुर्व पश्चीम राजमार्ग हुँदै निर्वाध रुपमा बाराको निजगढ,सिमरा,जितपुरका साथै देशका विभिन्न स्थानमा पुर्याउने गरेका पाइएको छ ।
उनीहरुले कुनै पशु सेवा चिकित्सकसंग भेटेरिनरी प्रमाण पत्र पहिलै बनाएर राख्ने र पछि बसी बाख्रा भारतिय बजारबाट नेपाल ल्याई निर्वाध रुपमा विक्रि वितरण गर्ने गरेका पाइएको हो ।जसमा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुको कुनै न कुनै रुपमा संग्लग्नता रहेको पाइएको छ ।तर,सो विषयमा सोध्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदी र सशस्त्रध प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारीले त्यस्तो नभएको र भएको पाइएमा त्यसलाई कडाई गर्ने बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech