सर्लाहीको मलंगवा नगरपालिका ७, मुसैलीका स्थनिय आफ्नो वडामा रासन तथा अन्य सरकारी सेवा सुविधाहरुको वितरणमा अनियमिता भएको भन्दै आन्दोलीत भएका छन् । ंमलंगवा नगरपालिका ७, मुसैलीका स्थनिय आफ्नो वडामा रासन तथा अन्य सरकारी सेवा सुविधाहरुको वितरणमा अनियमिता भएको भन्दै आन्दोलीत भएका भन्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका हुन् ।
स्थानीय दलित समुदायका महिलाहरु आफ्नो वडामा रासन तथा अन्य सरकारी सेवा सुविधाहरुको वितरणमा अनियमिता भएको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडी धर्नामा बसेका हुन् । नगरपालिकाले स्थानीय निकायको चुनाव सम्पन्न भए देखि हालसम्म ४ वर्षको अवधीमा दलित परिवारको लागि आएको रासन लगायत अन्य कुनैपनि सरकारी सेवा सुविधाको बारेमा आफुहरुलाई जानकारी नगराइ लक्षित समुदायको लागि आएका सेवा सुविधाहरु जनप्रतिनिधिका आफन्त, कार्यकर्ता तथा बोल्न सक्ने धनी व्यक्तिहरुलाई मात्र वितरण गरेर अनियमितता गरेको भन्दै आफुहरु धर्नामा बसेको स्थानीय दलित समुदायका महिलाहरुले आरोप लगाएका छन् ।
सरकारले आफुहरुको लागि पठाएको सेवा सुविधाहरु लिन र सो को बारेमा जानकारी लिन पटकपटक वडा कार्यालय र नगरपालिका धाइसकेको तर पनि उनीहरूले आफुहरुको मागप्रति वेवास्ता गर्दै उल्टै झपारेर पठाउने गरेकाले बाध्य भएर प्रमुख जिल्ला अधिकारीलाई आफ्नो पीडा सुनाउन जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडी धर्नामा बसेको स्थानीय अगुवा युवा मोहम्मद इसा मिकरानीले बताउनु भयो ।
नगरपालिकाले गरीब र दलितहरुको लागि भनेर आएको रासन, घर बनाउनक लागि जस्तापाता, खानेपानीको लागि हैण्ड पाइप, दैवीप्रकोपको अवस्थामा प्रदान गरिने क्षतिपूर्ति वापतको रकम लगायत अन्य विभिन्न सुविधा तथा अनुदानहरुबाट आफुहरुलाई बन्चित गराएर जनप्रतिनिधिहरुले आफ्ना आफन्त र आसेपासेहरुलाई प्रदान गर्ने गरेको विरोधमा आफुहरु धर्नामा बसेका उनिहरुहरुको भनाई छ ।
धर्नामा बस्नु अगाडी सोविषयमा आफुहरुले प्रमुख जिल्ला अधिकारी रमकुमारमहतोलाई जानकारी समेत गराएको मिकरानीले बताएका छन् । आफुहरुको माग सम्बोधन नभए सम्म आफुहरु दिनरात अनिश्चितकाल सम्म धर्नामा बसिरहने मिकरानीले बताउका छन् । वडा अध्यक्ष र नगर प्रमुखको विरुद्धमा उनिहरुले नाराबाजी गर्दै नगरको परिक्रमा समेत गरेका थिए ।