विवाह गर्नु अघि वडाको सिफारिस लिनु पर्ने मरिण गाउँपालिकाको नियम

314 Shares

सिन्धुलीको मरिण गाउँपालिकाले वालविवाह न्यूनिकरण गर्न भन्दै विवाह गर्न वडाको सिफारिस अनिवार्य लिनु पर्ने नियम लागू गरेको छ । विवाह अघि दुलाहा दुलहीको विवाह योग्य उमेर अनिवार्य रुपमा एकिन एवं प्रमाणित गराई सम्बन्धित वडा कार्यालयबाट विवाहका लागि अनुमति लिएर मात्र विवाह गर्नुपर्ने नियम लागू गरिएको गाउँपालिका अध्यक्ष विमर्स मुक्तान(प्रख्यात)ले जानकारी दिए ।
उनका अनुसार वालविवाह न्यूनिकरण एवम सभ्य र शिक्षित समाज निर्माणमा यो व्यवस्था कोसेढुंगा सावित हुने छ ।वडाबाट विवाह योग्य उमेर एकिन गराउन २० वर्ष उमेर पुगेको हुनुपर्ने नियममा तोकिएको छ ।२० वर्षमुनीका युवायुवतीले विवाह गरे वालविवाह ठहर्ने भएकाले कानून अनुसार दण्डसजाय हुने पनि गाउँपालिकाले जनाएको छ । विवाह अघि अनिवार्य सिफारिस लिनुपर्ने मरिण गाउँपालिका,गाउँकार्यपालिकाको असोज २१ गतेको बैठकले निर्णय गरेको थियो । सोही बमोजिम यही मंसिर महिनाबाट यो नियम लागू गरिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । विवाह अघि जन्मदर्ता पेश गरेर वडाबाट विवाहको सिफारिस लिनुपर्ने र सोही सिफारिसका आधारमा विवाह दर्ता गरिने पनि गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार