हरिवन ९ को सिमसार क्षेत्र भद्र भलाद्मीहरु र जनप्रतिनिधिहरु कै मिलेमतोमा अतिक्रमण

1k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका ९ मा रहेको सिमसार पर्यटकीय क्षेत्र स्थानीय भद्र भलाद्मीहरु र जनप्रतिनिधिहरु कै मिलेमतोमा अतिक्रमणको चपेटामा परेको छ ।हरिवन नगरपालिका ९ मा रहेको चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको सिमसार क्षेत्र अहिले जनप्रतिनिधिहरु कै मिलेमतोमा अतिक्रमणको चपेटामा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पर्यटकीय क्षेत्रको रुपमा रहेको उक्त जमिनलाई नचलाउन भन्दे परिपत्र गरेको भएपनि स्थानीय भद्र भलाद्मीहरु र जनप्रतिनिधिहरु कै मिलेमतोमा अतिक्रमको चपेटामा परेको हो ।
जिल्लाको हरिवन नगरपालिका ९ मा रहेको सिमसार पर्यटकीय क्षेत्र स्थानीय भद्र भलाद्मीहरु र जनप्रतिनिधिहरु कै मिलेमतोमा अतिक्रमणको चपेटामा परेको छ । चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको उक्त सिमसार क्षेत्र अहिले स्थानीय भद्र भलाद्मीहरु र जनप्रतिनिधिहरु कै मिलेमतोमा अतिक्रमणको चपेटामा परेको हो । सिमसार क्षेत्रलाई पर्यटकीय र सिमसार क्षेत्र नै कायम गर्नु पर्ने स्थानीय जानकार रामशरण उप्रेतीको भनाई छ । उनले सो क्षेत्रमा बसोबास गरि रहेका नागरिकहरुलाई नगरपालिकाले अन्यन्त्र व्यावस्थापन गरि सो क्षेत्रलाई पर्यटकिय सिमसार क्षेत्र कायम गराउनु पर्ने बताए ।
हरिवन नगरपालिका ९ मा रहेको चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको करिब साँढे १६ बिघा पर्यटकिय सिमसार क्षेत्रमा हरिवनका स्थानीय भद्र भलाद्मीहरु र जनप्रतिनिधिहरु कै मिलेमतोमा अतिक्रमण भएको छ । आफुले पोखरी खन्नका लागि सिमसार क्षेत्रको केही भाग भोग चलन गरेको हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेतीले बताए । उनले सो जमिन नजिकै आफ्नो जग्गा पनि रहेका कारण केही भाग जमिन आफुले पहिलैदेखि ओगटेको स्वीकार गरे ।
हरिवन नगरपालिका ९ स्थित रहेको सिमसार क्षेत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमसार क्षेत्र नै रहन दिनु भनेको आफुलाई थाहा नभएको बताउँदै वडा अध्यक्ष उप्रेतीले सिमसार क्षेत्रको जमिन भोग चलन मात्र नभई सुकुम्बासीको नाममा हुकुमबासीलाई फर्म भर्न लगाई जग्गा पुर्जाको प्रक्रियामा लैजान सहजता प्रदान गरेका पाइएको छ । २०२३ सालमा नापी हुँदा सो जमिन ६० नम्बर किता मिना महलको जमिन भनी तत्कालीन सरकारको नाममा रहेको भएपनि संघियता पछि निवर्तमान वडा अध्यक्ष सिताराम पोख्रेल,निवर्तमान नगर प्रमेख गणेश प्रसाई र वर्तमान वडा अध्यक्ष कोकिला नन्द उप्रेती र नगर प्रमुख रमेश बुढाथोकीले 
हरिवन नगरपालिका ९ स्थित रहेको चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको सो सिमसार क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमसार क्षेत्र कै जमिनहो भनी नचलाउन परिपत्र गरेको र डिपिआर समेत भई सकेको अवस्थामा समेत स्थानीय भद्र भलाद्मीहरुका साथै हरिवन नगरपालिका ९ का वडा अध्यक्ष उप्रेती र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको मिकलेमतोमा अतिक्रमण भएको हरिवन नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष एवम नेकपा(एमाले) हरिवनका नेता सिताराम पोख्रेलले आरोप लगाए । उनका अनुसार स्थानीय नरेन्द्र भट्टराई,दामोदर उप्रेती सहित वडा अध्यक्ष उप्रेतीले अतिक्रमण गरि भोगचलन गरेका हुन । 
उनिहरुले सुकुम्बासी तथा अव्यवस्थीत भुमिहिन दलितहरुको लगत संकलनको क्रममा सो जमिनको पनि जग्गा दर्ता पुर्जा आफुहरुले पाउनु पर्ने भन्दै फारम भरेका पाइएको छ । नेपाल सरकार पर्यटन मन्त्रालयल र हरिवन नगरपालिकाले करिब २ वर्ष पहिला पर्यटकीय क्षेत्रको व्यावस्थापनका लागि भन्दै रु एक करोड रकम समेत व्यावस्था गरेका भएपनि तत्कालीन नगर प्रमुख गणेश प्रसाई र वडा अध्यक्ष पोख्रेलले काम गर्न नसकेपछि सो रकम फिर्ता गएको वर्तमान वडा अध्यक्ष उप्रेतीले बताए ।
चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको सो सिमसार क्षेत्र २०२३ सालको नापीमा ६० नम्बर कित्ताको मिना महलमा सरकारको नाममा रहेको थियो । मिना महल भनी उल्लेख गरिएको सो क्षेत्र अहिले स्थानीय भद्र भलाद्मीहरुका साथै स्थानीय जनप्रतिनिधिहरुको अतिक्रमणको शिकार भएको छ । करिब साँढे १६ बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा अहिले करिब २५ जनाले भोग चलन गरि रहेका छन् । भने हरिवन नगरपालिका ९ को कार्यालयले सो क्षेत्रमा बसोबार गरि रहेका तीन घरपरिवारलाई लालपुर्जा उपलब्ध गराउन भन्दे बिहीबार निर्णय पनि गरेको छ । 
बिहिबारको वडा कार्यालयको निर्णयमा “हरिवन नगरपालिका ९ अन्र्तगत सुकेपोखरी देखि उत्तर शिवसागर पोखरी सम्म बनेको दुई परिवारको र शिवसागर पोखरी देखि उत्तर नोचा जाने बाटो भन्दा दक्षिण तर्फको एक घर परिवारले घरबास सहित भोग चलन गरेको जग्गाहरु जसजसले जति घरबास गरि भोग चलन गरेको हो सो परिवारको नाममा नीयमानुसार नाप नक्सा गराई दिन सम्बन्धीत निकायलाई सिफारिस गर्ने निर्णय गरियो ।”भनि निर्णय गरेको छ । तर सिमसार क्षेत्रको जमिन पुर्व पश्चीम राजमार्ग देखि माथी हालको इट्टा भट्टा समम रहेको स्थानीय जानकार रामशरण उप्रेतीले बताए ।
आफु पहिला देखि नै सो क्षेत्र चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको सो सिमसार क्षेत्रको रुपमा नै रहनु पर्ने पक्षमा रहेको स्थानीय उप्रेतीले बताए । अहिले सो सिमसार क्षेत्रमा घर टहरा बनाउनुका साथै खेतीपाती भई रहेको छ । भने करिब साँढे १६ बिघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र अहिले करिब दुई बिघामा सिमिति भएको छ । 
पछिल्लो समय सिमसारको क्षेत्र विभिन्न २५ जनाको नाममा फारम भरी भूमि आयोगमा फारम पुगेको स्रोतको दाबी छ । अतिक्रमणका कारण सो सिमसार क्षेत्र मासिँदै गएको छ। करिब ५० वर्ष पहिला साँढे १६ बिघामा फैलिएको सिमसार क्षेत्र अहिले करिब  दुई बिघामा सिमित भएको छ । त्यसमा पनि स्थानीय भद्रभलाद्मीहरु र जनप्रतिनिधिहरुको अतिक्रमणको चपेटामा परेर साँघुरिँदै र पुरिँदै गएको छ । 
यता, सिमसार क्षेत्रको विषयमा आफुले पनि सुनेको र स्थलगत रुपमा हेरेपछि मात्र केही बताउन सक्ने डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत मन्जुर अहमद्ले बताए । उनले “अख्तियारले सिमसार क्षेत्र नै रहनु दिनु भनेर धेरै पहिला पत्र पठाएको थियो रे म आएको धेरै भएको छैन्। स्थलगत बुझेपछि मात्र केही बताउन सक्छु ।”बताए ।

सम्बन्धित समाचार