सर्लाहीको लालबन्दीमा जेसीज सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।लालबन्दी जेसीजले जेसीज सप्ताह अन्तर्गत सामाजिक सेवाको कार्य गर्दै लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमका वृद्धवृद्धालाई भोजन,लालबन्दी नगरपालिका ५ मा रहेको महेन्द्र आदर्श प्राथमिक रन्जितपुरमा शैक्षिक सामग्री र लालबन्दी नगरपालिका ५ मै रहेको अम्बर ज्यान आधारभूत विद्यालय मेजरगन्जमा खेलकुद सामग्री वितरण गरिएको लालबन्दी जेसीजका महासचिव कोमलहरि गौतमले जानकारी दिए ।उनका अनुसार तीनवटै स्थानमा लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
लालबन्दी नगरपालिका ५ को वडा कार्यालयको समेत आर्थिक सहयोग रहेको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत शुक्रबार लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माध्यमिक विद्यालयमा लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण र शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको लालबन्दी जेसीज सप्ताहका मुल संयोजक एवम लालबन्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष कुलप्रसाद गौतम (शिवहरि)ले बताए ।
जेसीज सप्ताह अन्तर्गत जेष्ठ नागरिक सम्मान एवम भोजन कार्यक्रम,शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम,खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम,लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण,निःशुल्क स्वास्थ्य शिविर र मैत्रीपूर्ण फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु तय गरिएको लालबन्दी जेसीजकी अध्यक्ष सुनिता खरेलले बताईन् ।