स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परिक्षणमा लालबन्दी सर्लाहीमा प्रथम र मधेशमा दोस्रो

422 Shares

सर्लाहीको लालबन्दी नगरपालिका आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परिक्षणमा सर्लाहीमा पहिलो र मधेश प्रदेशमा दोस्रो भएको छ।आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परिक्षणमा सय प्रतिशतमा लालबन्दी नगरपालिकाले  ७८ दशमलव ५० प्रतिशत अंक ल्याएर सर्लाही प्रथम तथा मधेश प्रदेशमा दोस्रो हुन सफल भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए ।उनका अनुसार २० वटा पालिका रहेको सर्लाहीका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका मध्य लालबन्दी सर्लाही मै प्रथम र मधेश प्रदेशका एक सय ३६ वटा पालिकाहरु मध्य दोस्रो हुन सफल भएको हो ।
बरहथवा नगरपालिका ७४ अंक ल्याएर दोस्रो स्थान प्राप्त गर्दा बिष्णु गाँउपालिका ६३ अंक प्राप्त गरेर तेस्रो भएको छ।नौ वटा गाउँपालिका र ११ वटा नगरपालिका गरी देशैभरी मै सबै भन्दा धेरै स्थानीय तह रहेको सर्लाहीको गोडैता नगरपालिका सबै भन्दा कम अंक ३५ दशमलव ७५ ल्याएर २० औँ स्थानमा परेको छ । धनकौल गाउपालिका ३८ दशमलव ५० अंक ल्याई १९ औँ स्थानमा छ, भने सबै ४० अंक सहित बसवरिया गाँउपालिका १८ औँ स्थानमा परेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन समितिले सार्वजनिक गरेको परिणामले देखाएको छ।
बाँकी रहेका सर्लाहीका पालिका १४ वटा पालिकाहरुले क्रमस ब्रम्हपुरी गाउँपालिका ६१ दशमलव २५, इश्वरपुर नगरपालिका ६० दशमलव ५०,हरिवन नगरपालिका ५७ दशमलव ७५,हरिपुर नगरपालिका ५५ दशमलव ७५,पर्सा गाउँपालिका ५५ दशमलव २५,बलरा नगरपालिका ५४ दशमलव २५,चन्द्रनगर गाउँपालिका ५१ दशमलव २५,कौडेना गाउँपालिका ५० दशमलव ७५,बागमती नगरपालिका ५० दशमलव ५०,हरिपुर्वा नगरपालिका ४८ दशमलव २५,रामनगर गाउँपालिका ४५ दशमलव ५०,कविलासी नगरपालिका ४५ दशमलव २५,चक्रघट्टा गाउँपालिका ४४ दशमलव ५० र मलंगवा नगरपालिका ४२ अंक प्राप्त गरेका छन् ।
प्रदेशमा रहेका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमुल्यांकन स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका १० वटा विषयगत क्षेत्रहरु शासकीय प्रबन्ध,संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सहकार्य र समन्वय रहेका गाँउपालिका राष्ट्रिय महासंघ मधेश प्रदेश समन्वय अधिकृत मनोज साहले बताए ।उनका अनुसार ती विषयगत क्षेत्र अन्तर्गत जम्मा सय वटा सूचकहरू रहने र प्रत्येक सूचकका लागि एक÷एक अंक निर्धारण गरिएको महासंघले जनाएको छ।हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति,प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ ।यी सूचकहरूको मूल्यांकन गर्न समग्र अवस्थाका प्रत्येक सूचकमा चार अवस्थाहरू राखिएका छन् भने प्रक्रियागत र परिमाणात्मक अवस्थाका सूचकहरूमा तीन तीन वटा अवस्थाहरू राखिएका छन् । यी अवस्थाहरू मध्ये अन्तिम अवस्था सबैभन्दा राम्रो अवस्था हो भने पहिलो, दोस्रो र तेस्रो अवस्थाले क्रमशःकमजोरबाट सुधार हुँदै गएको अवस्थालाई जनाउँछ ।स्थानीय तहले स्वमूल्यांकन कार्य प्रत्येक आर्थिक वर्षको पुस मसान्त भित्र सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान छ ।
सर्लाहीको परिपेक्ष्यमा सबै भन्दा बढि अन्र्तराष्ट्रिय गैर सरकारी संघ/संस्था र गैर सरकारी संघ÷संस्थाहरु कार्यरत रहेका पालिकाहरुको यस परिक्षामा कम अंक आउनु दुखद रहेको महासंघले जनाएको छ ।जुन पालिकामा अन्र्तराष्ट्रिय गैर सरकारी संघ÷संस्था र गैर सरकारी संघ/संस्थाहरुले काम गरेको छैन ।ती पालिकाहरुले संस्थागत क्षमता स्वमुल्यांकनमा राम्रो अंक प्राप्त गरेका छन्।जुन पालिकामा करोडौँ रकम दातृ निकाय अन्र्तराष्ट्रिय गैर सरकारी संघ/संस्था र गैर सरकारी संघ/संस्थाहरुबाट खर्च हुने गरेको छ ।त्यस्ता पालिकाहरुको परिणाम खराब हुनु नराम्रो संकेत रहेको महासंघको भनाई छ ।
 स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा राम्रो अंक ल्याउने स्थानीय तहलाई प्रत्येक वर्ष सरकारले रु एक करोड देखि रु चार करोड सम्मको थप अनुदान दिने प्रावधान रहेको छ,भने नराम्रो अंक ल्याउने पालिकाको हरेक वर्ष रु एक देखि रु चार करोडको बजेट कट्टा हुँदैन जान्छन् ।स्थानीय तहका लागि बजेट कटैती हँुदै जानु कदापी राम्रो संकेत नभएको नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले बताए।उननका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा अधिकांस सर्लाहीका स्थानीय तह कमजोर हुनु सुशासन माथि गम्भीर प्रश्न खडा भएको छ ।
स्थानीय तहको वर्तमान अवस्था,कार्य सम्पादनका सिलसिलामा अपनाइएका र अपनाउनु पर्ने प्रक्रियाहरू,सम्पादन गरिएका असल अभ्यासहरू र सम्पादन गर्न बाँकी रहेको कार्यहरूको स्थिति पत्ता लगाउन स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन अपरिहार्य रहेको जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुशवाहाले बताए । उनका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि,२०७७ को दफा ६ को उपदफा ४ सँग सम्बन्धित अनुसूची ५ मा स्थानीय तहको स्वमूल्यांकन कार्य योजना बमोजिमका प्रक्रियाहरू अवलम्बन गरी स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको छ।चालु आर्थिक
वर्षको श्रावण १ गतेबाट लिजा,फरा र एलइडीलाई मर्ज गरी स्थानीय शासन कार्य सम्पादन मूल्यांकन (व्यवस्थापन,संचालन) कार्यविधी २०८२ बाट लागु भएको छ।नेपाल सरकारले आउने दिनमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यलाई थप सशक्त बनाउँदै जाने बताएको छ।यस परीक्षामा कम अंक ल्याउने स्थानीय तहलाई कालो सूचीमा राखेर कारवाही हुने गरि कानुन बनाउन नेपाल सरकारसंग स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् ।

सम्बन्धित समाचार