गौशाला ५ निगौलबाट आठ लाख बढीको कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

438 Shares

महोत्तरीको गौशाला नगरपालिका ५ स्थित निगौलबाट रु आठ लाख भन्दा बढीको अवैध कपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।गौशाला नगरपालिका ५ निगौल स्थित एक घरमा भारतबाट राजस्व छलेर ल्याई लुकाई छिपाई राखिएको अवस्थामा छापा मारी रु आठ लाख ६७ हजार पाँच सय बराबरको विभिन्न प्रकारका कपडाहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ हे.क्वा.गण महोत्तरीका गणपति एवम सशस्त्र सशस्त्र प्रहरी उपरिक्षक विनोद के.सीले जानकारी दिए ।
उनका अनुसार गौशाला नगरपालिका ५ निगौल स्थित शिवु रामको घरमा छापा मारेर सारी,कुर्था सुरुवाल र सुट लागयका कपडाहरु गरी रु आठ लाख ६७ हजार पाँच सय बराबरको नियन्त्रणमा लिइएको हो ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रघुनाथपुर,सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)सम्सी,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस रामनगर र जलेश्वर भन्सार कार्यालय महोत्तरीको संयुक्त टोलीले रामको घरमा छापामारी गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ हे.क्वा.गण महोत्तरीले जनाएको छ ।
रामको घरबाट बरामद् भएको उक्त कपडा कसको हो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद्  भएको कपडा आवश्यक कार्बाहीका लागि जलेश्वर भन्सार कार्यालय महोत्तरी बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ९ हे.क्वा.गण महोत्तरीले जनाएको छ । 

सम्बन्धित समाचार