जनताको तटबन्ध कार्यक्रममा व्यापक अनियमितता भएको आरोप

3.5k Shares

जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय सर्लाहीले आ.व.२०७७÷०७८ मा रु २६ करोड बजेट खर्च गरेको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाही र जलस्रोत तथा सिंचाई विभाग अन्तर्गत पर्ने जनताको तटबन्ध कार्यक्रम मार्फत जिल्लामा रु २६ करोड बजेट खर्च भएको हो ।
उक्त रकम जिल्लामा रहेका बागमती,लखनदेही र बाके खोलामा नदि नियन्त्रण, तटबन्ध निर्माण, सिंचाई लगायतका काममा खर्च भएको हो । भौतिक पुर्वाधार विकास मन्त्रालय जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीले चालु वर्षमा रु १४ करोडको योजनाहरु बलरा, बरहथवा र लालबन्दी नगरपालिकाको पथ्थरकोट र नदिको प्रभाव रहेका अन्य स्थानिय निकायमा समेत खर्च गरिएको कार्यालय प्रमुख भक्त कुमार लाल कर्णले बताउनुभयो । प्रमुख कर्णका अनुसार योजनाहरु मापदण्ड अनुसार संचालन भएका छन् ।
त्यस्तै जलस्रोत तथा सिंचाई विभाग अन्तर्गत पर्ने जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय हरिपुरका प्रमुख रविन्द्र कुमार शर्माका अनुसार रु १२ करोडको नदि नियन्त्रण तथा तटबन्ध निर्माण हरिपुर क्षेत्रमा खर्च गरिएको छ । जसमा लखनदेही खोलामा रु ६ करोड र झिम तथा बाके खोलामा रु ३–३ करोड बजेट नदी नियन्त्रण तथा तटबन्ध सम्बन्धी काममा खर्च भएको छ ।  दुई वटै कार्यालयले गरेको काम बारे धरातलमा कसैलाई केहि थाहा नरहेको जनप्रतिनीधि र सर्लाहीका नागरिक समाजका अगुवाहरुले बताउनु भएको छ ।
हरिपुर नगरपालिकाका नगर प्रमुख जमरुदिन मंसुरका अनुसार हरिपुर भएर दुई वटा नदीको मुहान छ । लखनदेही तथा झिम नदीमा वार्षिक रुपमा आउने बाढी र पहिरोबाट स्थानीय समस्यामा पर्ने गरेका छन् । उहाँका अनुसार जिल्ला सिंचाई कार्यालयले जनताको तटबन्धको काममा करोडौ रुपैया कहाँ खर्च रेको छ, पालिकालाई केहि जानकारी छैन । गोप्य रुपमा काम गरेर झारा टार्ने मात्र काम भएको नगर प्रमुख मन्सुरले बताउनु भयो ।  त्यस्तै मलंगवा नगरपालिकामा पनि तटबन्ध, नदी नियन्त्रण तथा सिंचाईको काम करोडौमा भएको तर कुन ठाउँमा कति रकमको काम भएको हो सोविषयमा आफुहरुलाई कुनै जानकारी नभएको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो । उहाँका अनुसार यसको बारेमा डिभिजन प्रमुखले केहि जानकारी नै नगराउनु भएकोहो । बजेट पारदर्शी नरहेको नगरप्रमुख साहले आरोप लगाउनु भयो । 
कमसल काम गरेर बजेट पचाउने काम भएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताउनु भयो । सिंचाई तथा तटबन्ध कार्यालयले झारो टाल्ने काम गरेको नागरिक समाजका महासचिव चौधरीको आरोप छ । उहााका अनुसार वर्षेनी करोडौ रुपैया भौतिक पुर्वाधार विकास मन्त्रालय जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाही र जलस्रोत तथा सिंचाई विभाग अन्तर्गत पर्ने जनताको तटबन्ध कार्यक्रममा लगानी भएपनि उतm रकम हरेक वर्ष नदी मैै हराउने गरेको छ ।
वर्षायाममा बाढी आउछ बनाएको संरचना बगाएर लग्छ अनि फेरि नयाँ आर्थिक वर्षमा पुन सोही ठाउमा तटबन्द, नदी नियन्त्रण र सिंचाईको योजना राखेर बजेट पचाउने बाहेक अरु केहि नभएको जनप्रतिनिधी र नागरिक अगुवाहरुले आरोप छ । 

सम्बन्धित समाचार