Close This

उबासंघको निर्माणाधिन भवनको अनुगमन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१८ गते   ८६७ पटक हेरिएको

उद्योग बाणिज्य संघ लालबन्दीको निर्माणाधिन भवन स्थलको फोटो ः खेजराज तिमल्सेना(सम्धी)

उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले निर्माणाधिन भवन स्थलको अनुगमन गर्नु भएको छ । करिब डेढ करोडमा निर्माध हुन लागेको आफ्नो भवन निर्माण स्थल र हालको निर्माण कार्यको अध्यक्ष जोशीले अनुगमन गर्नु भएको हो । लालबन्दी नगरपालिका ६ मा निर्माण हुने भवनको नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपा अध्यक्ष शेखर गोल्छाले २०७६ साल फागुन २३ गते सिलन्यास गर्नु भएको थियो । 
विश्वव्यापी महामारीको रुपमा फैलिइएको कोरोना भाईरस विरुद्ध गरिएको लक डाउनका कारण  भवन निर्माण कार्यमा ढिला भएको भएपनि पुन काम सुरु भई सकेको अध्यक्ष जोशीले बताउनु भयो ।१ करोड ४४ लाखको लागतमा निर्माण हुने अढाई तले भवनको मुन मल्टीप्रपोज कन्ट्रक्सनले करिब डेढ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सहमतीमा भवन निर्माणको ठेक्का लिएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ ।
 विभिन्न दाताहरुको सहयोगमा संकलन भएको रकमले उद्योग बाणिज्य संघ लालबन्दीको आफ्नै भवन निर्माण गर्ने योजना अनुसार भवनको निर्माण कार्य सुरु गरीएकोे उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशीले बताउनु भयो। निर्माण उपभोत्ता समिति बनाएर भवन निर्माणको काम सुरु गरिएको र हाल पिलरका खाल्डाहरु खन्ने काम सकिएको र पिलका लागि रड विछेयाउने काम सुरु भएको अध्यक्ष जोशीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech