Close This

लालबन्दी नगरपालिका ५ को आफ्नै भवन उद्धघटान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-३ गते   ५६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ५ को वडा कार्यलय भवन उद्धघाटन गरिएको छ । विगत लामो समयदेखि भाडाको घरबाट सेवा प्रदान गरि रहेको लालबन्दी नगरपालिकाले ५ ले आईतबार(आज) आफ्नो नव निमिति भवन उद्धघाटन गरेको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारीले जानकारी दिनु भयो ।
 उहाँका  अनुसार नगरपालिका र वडा कार्यालयको करिब रु ७० लाख लागतमा  भवन निर्माण भउको हो । करिब २ वर्षको अन्तरालमा निर्माण सम्पन्न भएको भवनको आज(आईतबार) लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले एक कार्यक्रमका विच उद्धघाटन गर्नु भएको हो ।
 ७ औँ संविधान दिवशको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा उतोलन गर्नुका साथै वडा कायृलयको वोर्ड खोली नव निर्मित भवनको उद्धघाटन गरिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । ४ कोठा र करिब ४ सय जना अट्ने सभाहल सहितको भवन निर्माण गरी आफ्नो सेवा आफ्नै वडा कार्यालयबाट शुभारम्भ गरिएको वडा कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech