सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतो आफुखुसी चल्न थालेका भन्दै विभिन्न सात दलले आपती जनाएका छन् । गाउँपालिका अध्यक्ष महतोले स्वयमसेवक शिक्षक तथा कर्माचारीहरु कार्यविधि तथा प्रक्रिया विपरित भर्ना गर्न खोजेका,गाउँपालिकालाई गैर सरकारी संस्थाको अण्डरमा सञ्चालन गर्न खोजेका,गाउँपालिकाको आन्तरीक राजश्वमा हानी नोक्सानी पुर्याउने गरी गाउँपालिका भित्रका पोखरीहरुको ठेक्का नलगाई आफुखुसी आफ्ना मानिसहरुलाई कमिसन बुझेर गरिखान दिएपछि आक्रोसित भएका नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) नेपाल,जनता समाजवादी पाटींजसपा)नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)नेपाल,नेकपा(एकिकृत समाजवादी)पार्टी र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले आपती जनाएका हुन ।
दलहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ९० दिन सञ्चालन गर्नु पर्नेमा समय सकिनै लाग्दा पनि काम नगरेका,स्वयमसेवक शिक्षकहरु र कर्माचारीहरु भर्ना गर्नका लागि एक करोड निकासी गरिएको भएपनि स्वयमसेवक शिक्षकहरु र कर्माचारीहरु भर्ना नगरेका,गाउँपालिकाको प्रत्यक शाखामा करारमा नियुक्त भएका आफ्ना आसेपासे कर्माचारीहरु राखी कमिसन उठाउने गरेका,गाउँपालिकाको विकासका लागि आएको बजेटमा तीन करोड अनावश्यक कार्यक्रमका लागि गाउँपालिका अध्यक्षले आफैँले राखेका,नगर भित्रका कुनै पनि पोखरीहरुको ठेक्का नलगाई आफ्ना आसेपासेलाई कमिसन लिएर गरिखान दिई गाउँपालिकाको आन्तरीक राजश्वमा हानीनोक्सानी पुर्याएका,कार्यापालिकामा छलफल नै नगराई नाडीमान ताल संरक्षणको काम सुरु गरेका र त्यसबाट निस्केको माटो आफुखुसी विक्रि वितरण गरेका,गाउँपालिकाको जेसिवी चलाएर घण्टाको दुई हजार दुई सय हुन आउने राजश्व गाउँपालिकाको राजश्व शाखामा जम्मा नगरेका,प्रदेश र संघबाट प्राप्त भएको बजेटको १० प्रतिशत कमिसन नपाएपछि बजेट फ्रिज गराउने तर काम नगराउने गरेका लगायतका काम गाउँपालिका अध्यक्ष महतोले गरेका कारण आफुहरुले विरोध गरेको नेपाली कांग्रेसका नेता सत्यदेव सिंह दनुवारले बताए ।
गाउँपालिका अध्यक्ष महतोले चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि कमिसन नदिने उपभोत्तःा समितिहरुलाई ककार्यादेश नदिएका,उपभोक्ता समिति बनाउँदा आफ्ना मान्छेलाई राखी कमिसन उठाउने गरेका जसबाट गाउँपालिका भित्र हुने विकास निर्माणको काम गुणस्तरहिन हुने भएकाले आफुहरुले विरोध गरेको नेकपा(माओवादी केन्द्र)का नेता लोकेन्द्र मुखियाले बताए । चन्द्रनगर गाउँपालिकाका ७ वटा वडाहरु मध्य पाँच वटा वडा अध्यक्षहरु सहित १५ जना कार्यापालिका सदस्यहरुमा १२ जना आफुहरुको पक्षमा रहेका र दुई जना वडा अध्यक्षलाई लिएर गाउँपालिका अध्यक्ष महतोले दादागिरी गरेका कारण आफुहरुले विरोध गर्नु परेको गाउँपालिकाकी उपा अध्यक्ष गितादेवी महतोले बताईन् । गाउँपालिका यपा अध्यक्ष गितादेवी सहित चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सिताराम महतो,वडा नम्बर ६ का वडा अध्यक्ष रामस्वरुप राउत र वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित भएका छन् । भने वडा नम्बर ४ का वडा अध्यक्ष राजिवसिंह दनुवार स्वातन्त्रबाट र वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यवंश राय लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) नेपालबाट निर्वाचित भएका छन् । वडा नम्बर १ का वडा अध्यक्ष रामेश्वर महतो र वडा नम्बर २ का वडा अध्यक्ष शम्भु साह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन । सात जना वडा अध्यक्षहरु,गाउँपालिका अध्यक्ष र उपा अध्यक्षका साथै छ जना कार्यापालिका गरी १५ जना कार्यपालिका सदस्य रहेका चन्द्रनगर गाउँपालिकामा उपाअध्यक्ष गितादेवीको नेतृत्वमा १२ जना र गाउँपालिका अध्यक्ष राज कुमारको नेतृत्वमा उनी सहित ३ जना कार्यपालिका सदस्यहरु रहेका नेकपा(एकिकृत समाजवादी) पार्टीका नेता भरत साहले बताए ।
गाउँपालिका अध्यक्ष राज कुमारले आफु विरुद्ध कोही कसैले कुरा गरे गाउँका युवाहरुलाई भोज खुवाएर धम्की लगाउने गरेका,वडास्तरमा गएर योजना छनोट गर्न भन्दै एकलाख रकम राखेर गाउँपालिका अध्यक्ष राज कुमारले अरुलाई थाहै नदिई खर्च गरेका र गाउँपालिकाको विकासका जुनसुकै काममा पनि गाउँपालिका अध्यक्ष राज कुमारको ध्यान नगएका कारण आफुहरुले खुलेर विरोध गरेको लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) नेपालका नेता महेन्द्र महतो सुडिले बताए ।
गाउँपालिकाले सञ्चालन गरेको चन्द्रनगर पोलिटेक्नीकल इन्स्टिच्युटको पुस्तकालय,प्रयोगशाला,शिक्षक र छात्राबासको व्यावस्थापन गरिदिन विद्यार्थीहरुले पटक पटक आग्रह गर्दापनि ध्यान नदिएपछि विद्यार्थीहरुले गरेको शान्तीपुर्ण विरोधमा गाउँपालिका अध्यक्ष राजकुमारले दादागिरी शैलीमा प्रहरी बोलाई विद्यार्थीहरुमाथी लाडिचार्ज गर्न लगाएका कारण पनि आफुहरु आन्दोलीत भएको जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता सुधिर कुमार यादवले बताए ।
नेपली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष राजकुमारले विद्यार्थीहरुले आफुखुसी शान्तीपुर्ण रुपमा आफ्ना अधिकारहरु माग्दा राजनीतिक रंग दिएपछि उनी विरुद्ध आफ्नै पार्टी नेपाली कांग्रेसका नेताहरु पनि लागेका कांग्रेसका नेता युवराज देवकोटाले बताए । उनले भने गाउँपालिका अध्यक्ष राजकुमार हाम्रै नेपाली कांग्रेसबाट निर्वाचित भएका भएपनि उनले गाउँपालिकाका विकास निर्माणका सवालमा गरेका कामहरु गलत रहेका छन् जसका कारण पनि आफ्नै पार्टी कांग्रेसले पनि साथ दिने अवस्था नआएको कांग्रेसका नेताहरुले बताएका छन् ।
गाउँपालिका अध्यक्ष राजकुमारको समाजिक संजालमा आएका धम्कीपूर्ण पोष्टहरुले चन्द्रनगर पोलिटेक्नीक इन्स्टिच्युटका विधार्थीहरुका साथै स्थानीय जनप्रतिनिधिहरु र स्थानीयबासीमा डर,भय,त्रास उत्पन्न भएको चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए । उनले गाउँपालिका अध्यक्ष राजकुमारको समाजिक संजालमा विभिन्न किसिमका धम्कीपुर्ण पोष्टहरु आउनुका साथै गाली गलौज र बिभिन्न राजनीतिक दलहरु माथी लगाइएको आरोपहरुका विषयमा प्रमुख जिल्ला अधिकारी इनद्रदेव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीलाइृ समेत जानकारी गराएको बताए ।
गाउँपालिका अध्यक्ष राजकुमारले आफुहरुमाथी लगाएको आरोपमा कुनै सत्यता नरहेको र यस प्रकारका भ्रामक,कपोकल्पीत र निराधार कुरामा पछि नलग्न पनि आफुहरुले विभिन्न माध्यामहरुबाट स्थानीयलाई जानकारी गराएको चन्द्रनगर गाउँपालिका ५ का वडा अध्यक्ष सुर्यवंश रायले बताए ।
तर यता,गाउँपालिका उपा अध्यक्ष गितादेवी सहित कार्यपालिकामा आफ्नो बहुमत रहेको दम्भका कारण गाउँपालिकाको विकास निर्माणका प्रभाव परेको गाउँपालिका अध्यक्ष राजकुमारले बताए ।उनले आफुमाथी लगाएका आरोपहरुमा सत्यता नरहेको दाबी गरेका छन् ।
चन्द्रनगर गाउँपालिकाको कार्यालयमा विगत आईतबारदेखि तालाबन्दी हुँदा स्थानीयलाई सास्ती हुनुका साथै गाउँपालिका भित्रको विकास निर्माणको काम ठप्प भएको छ । यस तर्फ गाउँपालिका अध्यक्ष राजकुमार मौन देखिएका छन् ।