लागु औषध सहित एकजना नियन्त्रणमा

एसपि गौरव    प्रकाशित: २०८०-४-१८ गते   ६५५ पटक हेरिएको

सर्लाहीको प्रहरी चौकी गोरखकालीले लागु औषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।मलंगवा नगरपालिका ८ स्थित रहेको प्रहरी चौकी गोरखकालीका प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक बिनोद बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न लागु औषध सहित हरिपुर नगरपालिका २ का अन्दाजी वर्ष २१ का राजेन्द्र रायलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका रायलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लागु औषध कोडिडेक्स एक बोतल,वोक्हेरडेट टयाब्लेट दुई पिस,निजाकेर १० लेखिएको टयाब्लेट दुई पिस बरामद् भएको प्रहरलिे जनाएको छ ।
उक्त लागु औषध सहित नियन्त्रणमा लिइएका रायलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कायाृलय सर्लाहीमा बुझाइएको प्रहरी चौकी गोरखकालीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech