चन्द्रनगरका माछा किसानलाई १ दिने प्रशिक्षण

129 Shares

सर्लाहीको चन्द्रनगरका माछा किसानहरुलाई माछा उत्पादन गर्न सहज हाेस भनेर १ दिने प्रशिक्षण दिईएकाे छ ।अनमाेल फिड प्रा.लि वेष्ट वंगाल भारतकाे आयाेजना तथा लाेकेन्द्र माछा पालन उद्योग प्रा.लिका सञ्चालक एवम नेकपा(माओवादी केन्द्र)चन्द्रनगरका अध्यक्ष लाेकेन्द्र मुखियाकाे पहलमा चन्द्रनगरका माछा उत्पादक किसानहरुलाई १ दिने प्रशिक्षण कार्यक्रम आयाेजना गरिएको हाे ।

चन्द्रनगर गाउँपालिका भित्रका माछा उत्पादक किसानहरुकाे उल्लेख्य सहभागीतामा १ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको अनमाेल फिड प्रा.लिकाे नेपाल शाखा वीरगन्जका अनिल प्रसाद चाैरासीयाले जानकारी दिए ।उनमा अनुसार अनमाेल फिड प्रा.लि वेष्ट वंगाल भारतकाे आयाेजना तथा लाेकेन्द्र माछा पालन उद्योग प्रा.लिका सञ्चालक एवम नेकपा(माओवादी केन्द्र)चन्द्रनगरका अध्यक्ष मुखियाकाे अध्यक्षता एवम अनमाेल फिड प्रा.लि वेष्ट वंगाल कम्पनीका नेपाल शाखा वीरगन्जका शाखा प्रमुख हसनकाे प्रमुख आतिथ्यतामा चन्द्रनगर गाउँपालिकाका माछा किसानहरुकाे सहभागीतामा चन्द्रनगर गाउँपालिकाकाे सभा हलमा माछामा लाग्ने राेग,किरा,माछा उत्पादन गर्ने तरिका,माछा उत्पादन गर्न आवश्यक पर्ने पानीको गुणस्तर,पाेखरी तल्लाे भागकाे सरसफाइ र माछाका लागि प्रयाेग गरिने दाना तथा भिटामिनहरुकाे गुणस्तर लगायतका विषयमा प्रशिक्षण कार्यक्रममा जानकारी गराईएकाे हाे ।

सम्बन्धित समाचार