Close This

शसस्त्र प्रहरी हरिवनद्धारा एकैरातमा १० लाखको भन्सार छलीका सामान बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१६ गते   २४९३ पटक हेरिएको

सर्लाहीको लालबन्दीबाट भन्सार छलीका विभिन्न सामानहरु शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 
भन्सार छलीको सामान लिएर आउँदै गरेको सुचनाको आधारमा पुगेको शसस्त्र प्रहरी वल वेश क्याम्प हरिवनको टोलीले लालबन्दी नगरपालिका ५ बाट एक थान मोटरसाईल,चिनी र राजनिवास निइनत्रणमा लिएको शसस्त्र प्रहरी वल वेश क्याम्प हरिवनका प्रमुख शसस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका सामानहरुमा भारतिय चिनी १ क्वुन्टिल,राजनिवास १८ वटा प्याकेट र ना १४ प ५३६८ नम्बरको मोटरसाईकल रहेका छन् । चिनी,राजनिवासर मोटरसाईकल गरि करिब रु १ लाख ६ सय बराबरको सामान नियन्त्रणमा लिएको शसस्त्र प्रहरीले जनाएको छ । मानिस भने शसस्त्र प्रहरीलाई देख्ना साथ छोडेर भागेका र सामान नियन्त्रणमा लिएको छ .
त्यसैगरी हरिवन नगरपालिका ६ घुकौलीबाट शसस्त्र प्रहरी वल वेश क्याम्प हरिवनको टोलीले भान्सार छलीका सामान लिएर आउँदै गरेको अवस्थामा बा ५ च ६२७९ नम्बरको सानो गाडी सहित ऊक्त गाडिमा लोड गरि ल्याउँदै गरेको अवस्थामा चिनी  ९५० किलो,माउन्टेन डिउ १८ कार्टुन नियन्त्रणमा लिएको छ ।  गाडी,चिनी र माउन्टेन डिउ गरि करिब रु ९ लाख  हजार १ सय ६० गरी करिब रु १० लाख ६ हजार ७ सय ६० बराबरको सामान नियन्त्रणमा लिएको शसस्त्र प्रहरीले जनाएको छ ।
मानिस भने शसस्त्र प्रहरीलाई देख्ना साथ सामान छोडेर भागेको र नियन्त्तणमा लिएको सामान माथी आवश्यक कार्बाहीका लागि  सम्बन्धीत निकायमा पठाइ सकिएको शसस्त्र प्रहरी वल वेश क्याम्प हरिवनले जनाएको छ ।
सिामा नाकामा दिनरात सुरक्षाकर्मी तैनाथ रहने गरेका भएपनि जिल्लामा ५१ किलोमिटर खुल्ला सिमाना रहेका कारण तस्करहरुले धानखेतको आली समेत प्रयोग गर्ने गर्दा सिमामा खटिएका सुरक्षाकर्मीहरु पनि हैरान भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech