सर्लाही भन्सार कार्यालयद्धारा लक्ष्यको ५३ प्रतिशत राजश्व संकलन

एसपि गौरव    प्रकाशित: २०८०-४-७ गते   ५८३ पटक हेरिएको

सर्लाही भन्सार कार्यालय मलंगवाले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ५३ प्रतिशत राजस्व संकलन गरेको छ । जिल्लाको एक मात्र भन्सार कार्यालयले लक्ष्यको  ५३ प्रतिशत राजश्व संकलन गरेको कार्यालय प्रमुख एवम भन्सार अधिकृत नरेश साहले जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा रु ७८ करोड ५० लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा रु ४१ करोड ५९ लाख ८६ हजार राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा रु ६४ करोड २४ लाख ६१ हजार राजस्व उठाउने लक्ष्य राखेकामा रु ५२ करोड ८१ लाख ८० हजार राजश्व संकलन भएको थियो ।


जिल्लाको भन्सार कार्यालयमा सबै भन्दा धेरै आलु,प्याज,भेनियर,कोयला,फर्मलडिहाइड मुख्य आयात हुने वस्तुहरु हुन र यी बस्तुहरुबाट रु २८ करोड ८९ लाख १६ हजार राजश्व संकलन भएको कार्यालयका सूचना अधिकारी महेश राउतले जानकारी दिए ।

उनका अनुसार सर्लाही भन्सार कार्यालय भएर आलु,प्याज, कोयला,भनियर पत्ता,फर्मलडिहाइड,सोयाग्रिट र टायल्स लगयातका बस्तुहरु नेपाल भित्रने तथा नेपालबाट प्लाई निकासी हुने गरेको छ । 


यता,सर्लाही भन्सार कार्यालय मलंगवामा मालबस्तु ढुवानी हुने सवारी साधनहरुको तौल, स्क्यानिङ गर्ने व्यवस्था र खाद्यान्नहरुको खाद्य परिक्षण मलंगवामा नै गर्ने व्यवस्था भएमा बढी राजश्व संकलन हुने उद्योग बाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार ज्योशीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech