Close This

युवाको अवसर सम्भावना, चुनौती र समस्याको विषयमा अभिमुखिकरण 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-९ गते   ३८०३ पटक हेरिएको

युवाको अवसर सम्भावना, चुनौती र समस्याको विषयमा अभिमुखिकरण कार्यक्रमको फोटो

सिन्धुलीमा युवाको अवसर सम्भावना, चुनौती र समस्याको छलफल तथा अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ । अन्तराष्ट्यि युवा दिवसको अवसरमा गरिने कार्यक्रम लक डाउनको कारण रोकिएको र शुक्रबार आयोजना गरिएको आयोजकले जनाएको छ ।
 कार्यक्रममा युवाको अवसर सम्भावना, चुनौती र समस्याको विषयमा नगरपालिकाका सागर कुमार ढकालले सहजिकरण गर्नु भएको थियो । उहाँले आफ्नो सपना अथवा चाहाना के कुरामा छ त्यहि कुरामा लाग्नु पर्ने बताउनु भयो । युवा नरहेको, वृद्ध नभएको कोही छैन तर सवाल आफुले त्यो समयमा रहँदा भावी पुस्तालाई के सन्देश दियौँ भन्ने कुरा सोच्नु पर्ने उहाँको भनाई छ ।
 युवा शक्तिको सीप र क्षमता अभिवृद्धि गरी राष्ट्र निर्माणमा लगाई नयाँ नेपालको विकास गर्नु आजको समयको माग रहेको उहाँले  बताउनु भयो । कार्यक्रम जिल्ला युवा संजालका अध्यक्ष रामकाजी घलानको अध्यक्षता तथा कमलामाई नगरपालिकाका ढकालको प्रमुख आतिथ्यता तथा कमलामाई नगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फ्याल र युवाहरुको उपस्थिति रहेको थियो ।उर्मिला भट्टराइ
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech