लालबन्दी १५ सतभैयामा वन क्षेत्र अतिक्रमण गरि बनाइएका घर टहरा भत्काइयो

गणेश खड्का    प्रकाशित: २०८०-५-२४ गते   २११ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित सतभैया गाउँमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरि बनाइएका घर टहरा डिभिजन वन कार्यालय सर्लाही र सव डिभिजन वन कार्यालय लालबन्दीको टोलीले भत्काएको छ । लालबन्दी नगरपालिका १५ स्थित सतभैया गाउँमा सामुदायिक वन क्षेत्रको अतिक्रमण गरि स्थानीयले घर टहरा बनाएको भन्ने विशेष सूचनाको आधारमा पुगेको डिभिजन वन कार्यालय सर्लाही र सव डिभिजन वन कार्यालय लालबन्दीको टोलीले वन क्षेत्र अतिक्रमण गरि बनाइएको घर टहरा भत्काएको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए । 


उनका अनुसार लालबन्दी नगरपालिका १५ स्थित सतभैया गाउँमा वन क्षेत्रलाई अतिक्रमण गरि बनाइएका घर टहरा भत्काउन डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत एवम कार्यालय प्रमुख मन्जुर अहमद्,सव डिभिजन वन कार्यालय लालबन्दीका सहायक वन अधिकृत एवम कार्यालय प्रमुख सुभाष साह लगायतको टोली पुगेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech