जिल्ला प्रशासन कार्यालय सर्लाहीले सेवाग्राहीहरुलाई सहजता प्रदान गर्न भन्दै आफ्नै कर्मचारीबाट निःशुल्क रुपमा ठाडो उजुरी लेखिदिने भएको छ । बाहिर लेखापढी गर्ने व्यक्तिहरुबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयले आफ्नै कर्मचारीबाट निःशुल्क रुपमा ठाडो उजुरी लेखिदिने व्यावस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
उनका अनुसार आफ्नै कार्यालयका कर्मचारीबाटै बिना पैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो । बाहिर लेखापढी गर्नेहरुसँग उजुरी लेखाउँदा पाँच सय देखि एक हजार सम्म लिने गरेका सेवाग्राहीहरुबाट गुनासो आएपछि कार्यालय कै कर्माचारीहरुबाट निःशुल्क ठाडो उजुरी लेखिदिने व्यावस्था मिलाईएको सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेले बताए ।
उनका अनुसार ठाडो उजुरीसँगै समावेशी प्रमाणित,अन्य सिफारिस पनि कर्मचारीले निःशुल्क लिखिदिन थालेको छन् ।सेवाग्राहीहरुलाई सहज ढंगले सेवा प्रवाहका लागि कार्यालयले विभिन्न प्रयास गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
कार्यालयमा शान्ति सुरक्षाको माग,लेनदेनको विवादको उजुरी,गाउँघरमा साँध।सिमाना च्यापिएको उजुरी,कसैले गालिगलौच गरेको विरुद्धको उजुरीसहित अन्य प्रकारका उजुरी गर्न आउने सेवाग्राहीहरुले अब बाहिर लेखापढी व्यवसायीबाट पैसा तिरेर उजुरी लेखाइरहनु नपर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ ।