दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका ५ स्थित रहेको जनता नमुना माविले विद्यार्थीहरुको आँखा परीक्षण गरेको छ । बागमती नगरपालिका ५ सोल्टी बजारमा रहेको जनता नमुना माविले विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको आँखाको परीक्षण गरेको प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्यायनरत एक सय ४३ जना विद्यार्थीहरुको आँखाको परीक्षण गरिएको हो ।
साथै,विद्यार्थीहरुलाई अध्यायन गर्न सहज बनाउन शैक्षिक सामाग्री निर्माण समितिको संयोजनमा आवश्यक शैक्षिक सामाग्री निर्माण गर्ने काम समेत भएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई सहजै र जिज्ञासु भएर अध्यायन कसरी गराउन सकिन्छ भन्ने विषयमा तालिम प्रदान समेत गरि सकिएको र सो तालीममा शैक्षिक सामाग्री बनाउन सिकेका कुराहरु व्यवहारत लागु गर्न शैक्षिक सामाग्री निर्माण पनि काम गरिएको प्रधानाध्यापक दाहालले बताए ।
त्यसैगरी नर्सरी निर्माणको लागि बाँस व्यवस्थापन गर्ने काम समेत काम गरिएको विद्यालयले जनाएको छ । बागमती नगरपालिकाका सबै २५ वटै सामुदायिक विद्यालयहरुको शिक्षा सुधारका लागि नगरपालिकाले समय समयमा विभिन्न किसिमका तालिमहरुको समेत व्यावस्थापन गरि रहेको छ ।
सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय शिक्षा बनाउने लक्ष्यका साथ नगरपालिका लागि परेको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।