“जेन जी”आन्दोलनका कारण पछिल्लो समय आइपरेको परिस्थितीलाई मध्यनजर गर्दै सर्लाहीमा पनि मंगलबार रातीबाट नेपाली सेनाले गस्ती सूरु गरेको छ।लालबन्दी नगरपालिका २ पाँचकुमारीस्थित रहेको कालिध्वज गणको टोलीले सर्लाहीका विभिन्न स्थानमा मंगलबार राती १० बजेबाट गस्ती सूरु गरेको हो ।
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पति समेतमा अत्यधिक क्षति पुर्याउने,लुटपाट एवम आगजनी कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षानिकायहरुले आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिती नियन्त्रण गर्न गस्ती सूरु गरिएको नेपाली सेना कालिध्वज गणले जनाएको छ ।
“जेन जी”आन्दोलनका कारण सोमबारयता मुलुक अस्त व्यस्त बनेका कारण मंगलबार रातीबाट नेपाली सेनाले गस्तीमा सुरु गरेको हो,भने जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार दिउँसोबाट अर्काे निर्णय नहुँदा सम्म जिल्लाको लालबन्दी सहितका स्थानमा कफ्र्यु आदेश जारी गरिएको छ।तर मंगलबार दिउँसो नै कफ्र्यु आदेश जारी गरिएपनि आन्दोलनकारीहरुले आफ्ना आन्दोलनका गतिविधिहरु जारी राखेका थिए ।