Close This

लालबन्दी १७ को फौदसिंह माविमा जिल्ला मै पहिलो पटक पढाई मेला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१७ गते   २९२ पटक हेरिएको


सर्लाहीमा सिकाई निरन्तर अभियान अन्र्तगत पढाई मेला सुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका १७ स्थित रहेको फौद सिंह जनता माविमा जिल्ला मै पहिलो पटक सिकाई निरन्तरता अभियान अन्र्तगत पढाई मेला आयोजना गरिएको  हो ।
कोभिड १९ प्रतिकार्यमा नेपालमा शिक्षा समुहको सुदृढिकरण परियोजनाले जिल्ला मै पहिलोपटक कोरोना प्रभावित विद्यार्थीहरुलाई लक्षित गरी पढाई मेलाको आयोजना गरेको भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका नगर संयोजक हृदयमान विकले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमणबाट विद्यार्थीहरुको सिकाईमा निकैप्रभाव पारेको र त्यो प्रभाव न्युनिकरणका लागि पढाई मेला मार्फत विद्यार्थीहरुको पढाई,लेखाई र सृजनात्कम कलाको विकास र पुर्नताजगी गर्न मेलाको आयोजना गरिएको हो ।
लालबन्दी नगरपालिका १७ स्थित रहेको फौद सिंह जनता माविमा जिल्ला मै पहिलो पटक यस मेलाकोआयोजना गरिएको र पढाई मेलामा कक्षा १ देखि ३ सम्मका करिब ४५ जना विद्यार्थीहरु लाभान्वित भएका भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका नगर संयोजक विकले बताए ।
नेपाल शिक्षा समुह,युनिसेफ नेपाल र नेष्टको समन्वयमा लालबन्दी नगरपालिकाले पढाई मेलाको आयोजना गरेको हो । पढाई मेलामा अभिभावकहरुलाई पनि सहभागी गराईएको र विद्यार्थीहरुको पढाई विग्रनुमा विद्यालय,शिक्षकहरु र विद्यार्थीहरुमा मात्र समस्या नरही अभिभावकहरुमा पनि समस्या रहेको हुन्छ भन्ने देखाउन खोजिएको लालबन्दी नगर शिक्षा शाखाका संयोजक बासुदेव तिमल्सेनाले बताए ।
उनका अनुसार आफ्नो नानी बाबु विद्यालयबाट घर आएपछि अभिभावकले पनि चासो दिएर गृहकार्य गराउनु पर्ने,विद्यालयमा पढाइएका कुराहरुलाई अभिभावकहरुको निगरानीमा घरमा पनि केही समय पठाउनु पर्ने रहेछ भन्ने अभिभावकहरुले बुझ्न जरुरी रहेको छ ।
मेलामा लालबन्दी नगरपालिकाको शिक्षा शाखा संयोजक बासुदेव तिमल्सेना,वडा १७ का वडा अध्यक्ष विष्णुहरी अधिकारी लगायत अभिभावकहरुको उपस्थिती रहेको विद्यालयका प्रधानाध्यापक मिन बहादुर मगरले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech