Close This

वडाध्यक्षहरुद्वारा इश्वरपुर नगरपालिकाको नगर सभा बहिष्कार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१९ गते   २३३ पटक हेरिएको

 सर्लाहीको ईश्वरपुर नगरपालिकाकाको पाँचौं नगर सभामा केही वडाध्यक्षहरुले असहमति राखेका छन् । नगर प्रमुख मनोज कुमार देवकोटाले एकलौटी रुपमा बजेट विनियोजन गरेर अघि बढेको भन्दै वडाध्यक्षहरु असन्तुष्ट बन्दै नगर सभा नै बहिष्कार गरी असहमति व्यक्त गरेका हुन् । 
इश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिनले नगपालिकाको १५ वटा वडामध्ये १४ वटा वडाका वडाध्यक्षहरुले सभामा असहमति जनाएको र एक जना वडाध्यक्ष सभामा नै सहभागि नभएको दावी गर्नु भएको छ ।
बजेट विनयोजन गर्ने विषयमा नगर प्रमुख देवकोटाले एकलौटी रुपमा गरेको भन्दै त्यसमा नै आफूहरुको प्रमुख असहमति रहेको उहाँले बताउनु भयो । यता, नगरप्रमुख  देवकोटाले भने नगर सभाबाट सर्वसम्मत रुपमा बजेट पास भइसकेको दावी गर्नु भएको छ । ईश्वरपुरमा गत वर्ष बजार सरसफाई, अनियमितता लगायतको विषय उठाउँदै वडाध्यक्ष र राजनीतिक दलहरुले आन्दोलन नै गरेका थिए । पछिल्लो समयमा स्थानिय निकायहरुको विकास निर्माण लगायतका विषयहरुमा नगरप्रमुखहरुले मनोमानी सुरु गरेका भन्दै वडा अध्यक्षहरुले विरोध गरि रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech