अदालतले राजनीति गर्न थालेपछि नेकपा विप्लव समुहद्धारा आन्दोलनका कार्यक्रम घोषणा

279 Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।आफूसहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि आक्रोसित भएका नेकपा महासचिव विप्लवले आन्दोलनका कायृक्रमहरु घोषणा गरेका हुन । २०७६ पुसको मुद्दा ब्यूँताएर अदालतले दुई दिनअघि नेकपा महासचिव विप्लव सी,प्रवक्ता खड्क बहादुर वि.क(प्रकाण्ड सी)र पोलिटब्यूरो सदस्य (माइला सी) लगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि नेकपाले आन्दोलन घोषणा गरेको हो ।
अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भएको भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहल माथिको हमला भएको नेकपा महासचिव विप्लवले भनेका छन् ।अदालतको उक्त कदमलाई नेकपा महासचिव विप्लवले गैरकानुनी,असभ्य एवम अराजक कार्य भन्दै भत्सर्ना समेत गरेका छन्।सरकारले प्रतिबन्ध हटाउँदा गरिएको ३ बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने र बन्दी मुक्त गर्ने उल्लेख रहेको उनले स्मरण गराए । 
राज्यका सहमतिलाई कानुनको अंग बनाएर समस्या समाधान गर्न मद्दत गर्नुपर्ने अदालतले गैरकानुनी कदम चाल्नु देशमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको नेकपा महासचिव विप्लवको आरोप छ । काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको थियो ।नेकपा महासचिव विप्लवले अदालतको उक्त कदमविरुद्ध देशभर मसाल जुलुस, काठमाडौं जिल्ला अदालतका न्यायाधीशको पुत्ला दहन र बिहीबार २ बजे देशव्यापी जनप्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रम नेकपाले घोषणा गरेको छ ।

सम्बन्धित समाचार