182
Shares
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ चायाचुटीबाट प्रहरीले भरुवा बन्दुक फेला पारेको छ।प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बेवारिसे अवस्थामा राखिएको भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हरिहरपुरगढी गाउँपालिका–४ चायाचुटीस्थित खोलाको कल्भर्टमुनिको भित्तामा प्लास्टिकमा वेरी बेवारिसे अवस्थामा बन्दुक फेला परेको हो।फेला परेको भरुवा बन्दुकका सवालमा आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।