बाराको निजगढमा रहेका लायन्स क्लव अफ निजगढ सिटीले सविधान दिवसको अवसरमा विरुवाको संरक्षण स्वारुप जाली लगाएको छ ।निजगढ नगरपालिका वडा नं ७ मा रहेको आर्यघाटमा लगाइएको विरुवाको संरक्षण स्वारुप विरुवालाई जालीले घेरेको हो ।

निजगढ नगरपालिकाले बिरुवा संरक्षण गर्ने जालि उपलब्ध गराएको र उक्त जालीलाई विरुवा संरक्षणका लागि लगाइएको लायन्स क्लब अफ निजगढ सिटीका पास्ट प्रेसिडेन्ट खड्क प्रसाद उप्रेतीले जानकारी दिनु भयो ।
कार्यक्रममा लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मनोज रेग्मी , पास्ट जोन चियर पर्सन महेश न्यौपाने , पास्ट प्रेसिडेन्ट उप्रेति,लायन्स मेम्बर तथा गौरीशंकर फाउण्डेशनका अध्यक्ष खड्गराज मैनाली, आर्यघाट व्यवस्थापन समितिका सचिव रामप्रसाद ओझा लगायत लायन्स मेम्बरहरुको उपस्थिति रहेको थियो ।
आर्यघाटमा लायन्स क्लव अफ निजगढ सिटीले बिरुवा रोपिसकेपछि पनि यसभन्दा अगाडि उक्त बिरुवामा माटो हाल्ने तथा गोडमेल गर्दै आएको थियो । भने सामाजिक कार्य गर्दै आएको संस्थाले समाजमा यस अघिपनि यस्ता कार्यक्रमहरु गर्दैआएको लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट रेग्मीले बताउनु भयो ।