अतिरिक्त हुलाक कार्यालयका कर्माचारीहरु आन्दोलीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-३ गते   ११७४ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीका हुलाक कार्यालयहरुमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले जेठ १५ गते बजेट भाषणमार्फत अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि  जिल्लाका हुलाक कार्यालयहरुमा कार्यरत कर्माचारीहरु आन्दोलीत भएका हुन ।
जेठ १६ गतेदेखि नै अतिरिक्त हुलाक कार्यालयहरुले प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरी हुलाक कार्यालयहरुमा कार्यरत कर्माचारीहरुले आन्दोलन सुरु गरेका हुन ।जिल्लामा ७९ वटा अतिरिक्त हुलाक कार्यालयहरुमा दुई सय ३२ जना कर्मचारी कार्यरत रहेका छन् । सरकारले कार्यालय खारेज गर्ने घोषणा गरेपछि वर्षौदेखि सेवा प्रदान गर्दै आइरहेका हुलाक कार्यालयहरुका कर्माचारीहरु कामकाजविहीन हुने भन्दै कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन ।
“आन्दोलित कर्मचारीहरुले अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर,लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न पाइँदैन,राजिनामा दिइ सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सेवा सुविधा सुनिश्चित गर”लगायतको माग राख्दै हुलाक कार्यालयहरुमा कार्यरत कर्माचारीहरुले जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष विजय यादवको नेतृत्वमा आन्दोलित हुलाक कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत असार ९ गतेसम्म यसैगरी कार्यालय बन्द गरेर कामकाज ठप्प पार्ने र त्यसबेलासम्म पनि आफूहरुको माग सुनुवाई नभए असार १० गतेबाट अतिरिक्त हुलाक कार्यालयहरुसँगै इलाका हुलाक र जिल्ला हुलाक कार्यालयमा समेत तालाबन्दी गरेर कामकाज ठप्प पारिने नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका केन्द्रिय सदस्य तथा जिल्ला सचिव शेखर खड्काले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech