माओवादी केन्द्र नेता रायको हृदयघातका कारण निधन

352 Shares

नेकपा(माओवादी केन्द्र) सर्लाहीका नेता एवम गत स्थानीय तहको निर्वाचनमा ब्रम्हपुरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार कृष्ण रायको ६३ वर्षको उमेरमा निधन भएको छ ।माओवादी केन्द्रका नेता एवम ब्रम्हपुरी गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी रायको ६३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
ब्रम्हपुरी गाउँपालिका ४ नोकेल्वा निवासी रायलाई हृदयघात भएपछि आईतबार नै उपचारका लागि वीरगन्ज लगिएको थियो।उपचारकै क्रममा सोमबार वीरगन्जमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील राय २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले पालिका अध्यक्षको टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरी टिकट लिएर गाउँपालिका अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका थिए ।

सम्बन्धित समाचार