सर्लाहीका छुट्टाछुट्टै दुई स्थाामा भएको घटनामा एक बालिकासहित दुई जनाको ज्यान गएको छ । जिल्लाको गोडैता नगरपालिकामा आज(शनिबार)पानीमा डुबेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गोडैता नगरपालिका १०, मा सडक बनाउन खनेको खाडलमा घुँगी टिप्न जाँदा डुबेर सोही स्थानका रामप्रवेश महतोको अन्दाजी १३ वर्षीय छोरी नेहा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पानीमा डुबेकी नेहालाई तत्काल उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याएएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकाको शव पोष्टमाटर्मका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै,जिल्लाको बलरा नगरपालिकामा आज(शनिबार) दिउँसो चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ । पानी परिरहेको अवस्थामा भैँसी चराइरहेका बलरा नगरपालिका ४ हथिऔल निवासी अन्दाजी ४५ वर्षीय अर्जुन पटेलको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर चरीरहेको भैँसी समेत मरेको छ । मृतक पटेलको शव पोष्टमाटर्मका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।