इश्वरपुर ४ बाल विवाहमुक्त वडा घोषणा

190 Shares

 सर्लाहीको ईश्वरपुर नगरपालिका ४ सागरनाथलाई शुक्रबार बाल विवाहमुक्त वडा घोषणा गरिएको छ।वडा कार्यालय,ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नको सहयोग तथा सहकार्यमा बाल विवाहमुक्त अभियान संचालन निर्देशिका–२०८२ बमोजिमका निर्देशिका प्रक्रिया र सूचकहरु पूरा गरी बालविवाहमुक्त वडा घोषणा गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार वडाध्यक्ष प्रेमकुमार थिङ तामाङको अध्यक्षता तथा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगिलाल राय यादवको प्रमुख आतिथ्यतामा  ईश्वरपुर नगरपालिका ४ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।
सिन्धुली कलाघरका कलाकार सहितको उपस्थितिमा सागरनाथ गाउँमा बाजागाजा सहित र्याली निकालेर घोषणा सभाको आयोजना गरिएको इश्वरपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।कार्यक्रमका अतिथि तथा अन्य सहभागीले बाल विवाहमुक्त वडा घोषणा अभियान सफल बनाइ क्रमैसंग ईश्वरपुर नगरपालिकालाई नै बालविवाहमुक्त नगर घोषणा गर्ने प्रवितद्धता व्यक्त गर्दै हस्ताक्षरसमेत गरेका छन् । 

सम्बन्धित समाचार