नेपाली कांग्रेस सर्लाहीका सभापति सहितका कांग्रेसका नेताहरु जिल्लाबासीका घरघरमा पुगेका छन् ।“जन जनमा कांग्रेस मनमनमा कांग्रेस” भन्दै नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको नेतृत्वमा नेताहरु जिल्लाको क्षेत्र नम्बर ४ का जनताका समस्यामा मल्हम लगाउन घरघरमा पुगेका हुन ।जिल्लाका जनताहरुका समस्या र गुनासा सुन्दै समाधानका लागि पहल गर्न भन्दै नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहको नेतृत्वमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह,सर्लाही क्षेत्र नम्बर ४(ख)का निवर्तमान प्रदेश सभा सदस्य उपेन्द्र कुशवाह र नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का सभापति एवम धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साह लगायतका नेताहरु बलरा नगरपालिकाका विभिन्न वडाका जनताहरुका घरघरमा पुगेका नेपाली कांग्रेस निकट सूचना तथा सञ्चार विभाग मधेश प्रदेशका सदस्य सचिव एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार सभापति सिंह सहितका नेताहरु हरेक महिना सर्लाहीको क्षेत्र नम्बर ३ र ४ का जनताका घरघरमा पुगि जनताका समस्याहरुमा मल्हम लगाउने काममा व्यस्त रहने गरेका छन् ।प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन २०७९ मा सर्लाही क्षेत्र नम्बर ४ मा आफ्ना उम्मेदवारहरु पराजय भएपछि आगामि निर्वाचनमा सो स्थानमा कांग्रेसका उम्मेदवारहरुलाई कसरी विजयी गराउन सकिन्छ,पछिल्लो समय जिल्ला सदरमुकाम मलंगवामा भड्किएको धार्मिक दंगा यसको समिक्षा र आफ्नो क्षेत्रमा यस प्रकारका कुनै घटना हुन नहुने अडानका साथ कांग्रेसका नेताहरु जनताका घरघरमा पुगेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का सभापति एवम धनकौल गाउँपालिकाका अध्यक्ष साहले बताए ।
जिल्लामा रहेका ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाहरु मध्य सर्लाही क्षेत्र नम्बर ४ लाई विषेश रुपमा हेरिएको र अभियान जसैगरी यही क्षेत्रबाट जनताका घरघरमा जान सुरु गरिएको नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहले बताए ।जनताको दुःख,सुखमा नेतापनि संगैछन् भन्ने महसुस गराउन पनि अभियान झैँ आफुहरु जनताका घरघरमा पुगेको सभापति सिंहले बताए ।