Close This

लालबन्दी १७ मा नेकपा(माओवादी केन्द्र) वडा कमिटिमा घिमिरेको अध्यक्षतामा २९ सदस्यीय सर्वसहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१० गते   २५५२ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) लालबन्दी नगरपालिका १७ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । लालबन्दी नगरपालिका १७ स्थित एभरेष्ट सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मेलन सम्पन्न गरेको हो । अनन्त कार्कीको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र) प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको वडा सम्मेलनले राजनमणी घिमिरेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन गरेको हो ।


वडा सम्मेलन कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सर्लाहीका सह इन्चार्ज लुमणी घिताल(लोचन),नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकि ,प्रदेश कमिटि सदस्य सावित्रि बुढाथोकी,नेकपा(माओवादी केन्द्र)लालबन्दी नगर कमिटी संयोजक ज्ञान बहादुर थापा,नगर सचिव अर्जुन जर्गा मगर लगायत नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको थियो ।
वडा सम्मेलनले राजनमणी घिमिरेको अध्यक्षतामा २९ सदस्य वडा कमिटि सर्वसहमत चयन गरेको छ । चयन भएको कमिटिको उपा अध्यक्षतामा व्यास कुमार हेन्जन,सचिवमा राम बहादुर थापा,सह सचिवमा रोम लखन महतो( रामजी ) र कोषअध्यक्षमा सन्जु योन्जन लगायत २९ सदस्यीय  वडा कमिटि गठन गरेको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिका सचिव अर्जुनले जानकारी दिनु भयो । 
यस संगै लालबन्दी नगरपालिकाका १७ वटै वडामा नेकपा(माओवादी केन्द्र)ले आफ्नो वडा सम्मेलन सम्पन्न गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech