384
Shares
सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीमा आगलागी हुँदा करिब रु दुई लाख २० हजार बराबरको क्षती भएको छ ।हरिपुर नगरपालिका ९ पिडारीका रबिन्द्र रायको आफ्नै आँपको बगैँचामा थ्रेसर लगाई धान कुट्ने क्रममा थ्रेसरको तापक्रम अचानक बड्न गई आगलागी हुँदा पराल र धान जली नष्ट हुँदा करिब रु दुई लाख २० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सार्लहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार तीन वटा परालको कुन्यौ,१० कठ्ठाको बाँसमती धानको थुप्रो र १० बोरा बाँसमती धान आगलागीबाट नष्ट भएको छ ।आगलागीबाट मानविय तथा पशु चौपायको भने क्षती भएको छैन् ।