ऐतिहाँसिक सिन्धुलीगढीमा निर्माण भएको “शहिद महेन्द्र श्रेष्ठ स्मृति भवन”मा होटल सञ्चालन

483 Shares

सिन्धुलीको कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा निर्माण भएको “शहिद महेन्द्र श्रेष्ठ स्मृति भवन”मा होटल सञ्चालन भएको छ।जनयुद्धका महान शहिद श्रेष्ठको सम्झनामा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निर्माण भएको“शहिद महेन्द्र श्रेष्ठ स्मृति भवन”मा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेल सहित केही स्थानीय नेताहरुको मिलेमतोमा होटल सञ्चालन भएको भन्दै शहिद महेन्द्र श्रेष्ठका छोरा महेश श्रेष्ठ(कृतिक)ले गुनासो गरे ।
आफ्ना बुबाको सम्झनामा राज्यले २० लाखमा निर्माण भएको “शहिद महेन्द्र श्रेष्ठ स्मृति भवन”मा कमलामाई नगरपालिकाका नगर प्रमुख पोख्रेल सहित केही स्थानीय नेताहरुको मिलेमतोमा होटल सञ्चालन भएको भन्दै शहिद महेन्द्र श्रेष्ठका छोरा महेश श्रेष्ठ(कृतिक)ले दुःख व्यक्त गरे ।
सिन्धुली कै भद्रकालीमा रहेको मन्जरी रिर्साेटका सञ्चालक कार्तिके श्रेष्ठ,अमृत श्रेष्ठ,कुमार श्रेष्ठ,राज कुमार श्रेष्ठ र विजय बस्नेतले कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा निर्माण भएको“शहिद महेन्द्र श्रेष्ठ स्मृति भवन”मा मन्जरी रिर्साेटको शाखाको रुपमा होटल खोलेका शहिद परिवारको गुनासो छ।कमलामाई नगरपालिकाका नगर प्रमुख पोख्रेल सहित स्थानीय केही नेताहरु आर्थिक प्रलोभनमा परेर “शहिद महेन्द्र श्रेष्ठ स्मृति भवन”मा होटल चलाउन दिएका शहिद परिवारको गुनासो छ । 

amrit.jpg
के भन्छन् मन्जरी रिर्साेटका सञ्चालक अमृत श्रेष्ठ ?
आफुहरुलाई कमलामाई नगरपालिकाले ठेक्का लगाएको र आफुहरुले करिब ५० लाख रकम लगानी गरेर होटलको मोडलमा निर्माण गरेर नगरपालिकालाई मासिक रु २५ हजार भाडा तिर्नुका साथै रु ७५ हजार धरौटी बुझाएर ठुलो रकम खर्च गरेर होटलको मोडलमा संरचना तयार पारेर होटल चलाएको मन्जरी रिर्साेटका सञ्चालक अमृत श्रेष्ठले बताए।यसका साथै उनले प्रमुख जिल्ला अधिकारीले के कुरा गर्छन गर्दैनन् भन्ने विषयमा आफुहरुले चासो नराख्ने समेत बताए।कमलामाई नगरपालिकाको राजश्व शाखामा मासिक रुपमा २५ हजार बुझाउने गरेको भएपनि सम्झौता पत्र आफुहरुसंग नरहेको साथै सम्झौतामा कुनै समयावधि नखुलाएको समेत मन्जरी रिर्साेटका सञ्चालक श्रेष्ठले बताए।आफुहरुले सम्झौता गरेको करिब एक वर्ष भएको र होटल सञ्चालन गरेको करिब छ महिना भएको समेत मन्जरी रिर्साेटका सञ्चालक श्रेष्ठले बताए ।

cdo sindhuli.jpg
के भन्छन् सिन्धुलीका प्रमुख जिल्ला अधिकारी खनाल ?
ऐतिहाँसिक सिन्धुलीगढी स्थानीय कमलामाई नगरपालिकाको कार्यक्षेत्र भित्र रहेको र उसले आफ्नो कार्यक्षेत्र भित्र रहेको ऐतिहाँसिक धरोहरभित्र काम कार्बाही के कसरी गरि रहेको छ भन्ने विषयमा मापदण्ड बने नबनेको लगायतका सवालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुगमन गर्ने र सो क्षेत्रमा रहेका ऐतिहाँसिक धरोहरभित्र गलत तरिकाले होटल सञ्चालन गरिएको हो भने त्यो गलत भएको र आफुले त्यस विषयमा कमलामाई नगरपालिकाका नगर प्रमुखसंग बुझ्ने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी खनालले बताए ।
त्यस्तै,भद्रकालीमा रहेको मन्जरी रिर्साेटमा मसाज सेन्टर समेतको नाममा देह व्यापार भएको समेत स्रोतको दाबी छ ।सोही शंकाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा सञ्चालन गरिएको मन्जरी रिर्सोटको शाखामा छापामारी समेत भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताए।“शहिद महेन्द्र श्रेष्ठ स्मृति भवन”हो भन्ने आफुलाई थाहा नभएको र शहिद स्मृति भवनमा होटल सञ्चालन गर्नु नहुने उनले बताए । यता,सो विषयमा बुझ्न कमलामई नगरपालिकाका नगर प्रमुख पोख्रेललाई भेट्न हाम्रो टिम कमालमाई नगरपालिकाका पुग्दा नगर प्रमुख पोख्रेल कार्यालयमा नरहेका साथै फोन मार्फत बुझ्न फोन गर्दा नगर प्रमुख पोख्रेलको फोन उठेन ।

सम्बन्धित समाचार